जेठ १६
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशका लागि अनिष्ट हुने काम भइरहेको बताउनुभएको छ । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटनामा नेपालमा भइरहेको बताउनुभयो । उहाँले नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वाभाविक भएको टिप्पणी गर्नुभयो । समाजमा बढ्दै गएको अशिष्ट र अराजक गतिविधिविरुद्ध मर्यादा, शिष्टता र सभ्यतातर्फ समाजलाई फर्काउन सभ्य समाज निर्माण गर्न जरुरी रहेको भन्दै त्यस कार्यमा लाग्न आग्रह गर्नुभयो । विभिन्न चरणको आन्दोलन र राजनीतिक योगदानका कारण संवैधानिक र कानुनी हिसाबले राज्यका सबै अङ्गमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धि प्राप्त भए पनि कतिपयलाई यही उपलब्धि चित्त नबुझेको प्रधानमन्त्री ओलीले टिप्पणी गर्नुभयो । विगतमा महिला अधिकारका लागि भएका आन्दोलन तथा योगमाया, कमलादेवी सिंह, सहाना प्रधान लगायत नेतृहरूको भूमिका र बलिदानीको चर्चा गर्दै उहाँले ती सबैले नेपाली समाजलाई राजनीतिक र सामाजिक परिर्वतनसँगै चेतना वृद्धिमा सहयोग पु¥याएको बताउनुभयो । त्यस बेलाको आन्दोलनकै असर स्वरूप अहिले महिलाको समान अधिकारको आकाङ्क्षा प्रकट हुने अवस्थामा आएको उहाँले उल्लेख गर्नुभयो ।




















