ताजा अपडेट

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

गण्डकी प्रदेशको प्रदेशसभामा प्रि बजेट छलफल , मुख्यमन्त्रीले विश्वासको मत नलिएको भन्दै विपक्षी दलहरुको प्रश्न

लुम्बिनी दर्पण २०७८ जेष्ठ १९, बुधबार १३:५४
[sharethis-inline-buttons]

१९ जेठ, पोखरा ।

गण्डकी प्रदेशको प्रदेशसभामा प्रि बजेट छलफल भइरहेको छ । तर सबभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नलिएकाले अवैधानिक भन्दै विपक्षी दलहरुले सुझाव दिएका छैनन् ।

विपक्षीलाई काउन्टर दिने क्रममा बुधबार सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्य मनबहादुर गुरुङले सभामुखमाथि नै प्रश्न उठाएका छन् । वैशाख १५ गते नियमविपरीत सूचना टाँसेर प्रदेशसभा बैठक स्थगन गरेको प्रसंग उप्काउँदै उनले कार्यव्यवस्था परामर्श समितिको प्रमुखले राजीनामा दिनुपर्ने बताएका हुन् ।   मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भइरहेका बेला राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही अनुपस्थित भएका थिए ।

राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले दिएको निवेदनका आधारमा सभामुख नेत्रनाथ अधिकारीले सूचना टँसेर बैठक स्थगित गरेका थिए । त्यसबेला पनि एमालेले सभामुखको राजीनामा मागेको थियो । तर प्रदेश प्रमुख फेरिएसँगै एमालेले यो मुद्दा छाड्यो ।

बुधबार प्रदेशसभा बैठकमा एमाले प्रदेशसभा सदस्य गुरुङले सभामुख त भनेनन् तर, कार्यव्यवस्था परामर्श समितिको प्रमुख भन्दै राजीनामा मागेका हुन् ।

विपक्षी सांसदले बारम्बार सत्तारुढ दलको नैतिकताबारे प्रश्न उठाइरहेको भन्दै उनले वैशाख १५ को प्रसंग उप्काए । नैतिकता मापन गर्ने यन्त्र जनता नै भएको भन्दै उनले भने, ‘अविश्वास प्रस्तावमा १५ गते मतदान हुने कार्यसूचीमा आइसकेको कार्यक्रमलाई सत्ता पक्ष वा सरकारले सूचना टाँस गरेको हो रु के नैतिकता भन्नेले कार्य व्यवस्थामा बस्नेले राजीनामा दिनुपर्दैन रु’

प्रदेशसभा सञ्चालनमा सभामुखलाई सहजीकरण गर्न सबै दलका सदस्यहरु भएको कार्यव्यवस्था परामर्श समिति गठन गरिएको छ, जसको प्रमुख सभामुख हुन्छन् ।

सत्तारुढ सांसद गुरुङले आफ्नो राजीनामा मागेपछि सभामुख अधिकारीले बीचमै रोक्दै नियमावली हेरेरमात्रै बोल्न आग्रह गरे । सांसद गुरुङले आफ्नो भनाइ नसक्दै सभामुख अधिकारीले बीचमै रोक्दै भने, ‘माननीय सदस्य ज्यू, ‘। नियमावली हेर्नुस् ।’

सांसद गुरुङ पुनः सरकारको वैधानिकताबारे विपक्षीले उठाएको प्रसंगतिर मोडिए । उनले प्रदेश सरकार कानुनबमोजिम नै गठन भएकाले बजेट विनियोजन विधेयक ल्याएको जिकिर गरे ।

‘जहाँसम्म वैधानिकताको कुरा उठाएको छ । वैधानिक त संविधानको धारा १६८ ९४० बमोजिमको सरकार होइन यो रु यस्तो सरकारले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको छ,’ उनले भने, ‘विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यक्रम ल्याएको छ । यसलाई अवैधानिक भन्ने रु अल्पमतको सरकारले ल्याउन ल्याउन पाइँदैन भन्ने हो भने त रु’

सांसद गुरुङले विश्वासको मत लिन समय बाँकी नै रहेकाले विपक्षीलाई नआत्तिन आग्रह गरे । ‘आउनुस् न विश्वासको मत लिन्छु भनेकै छ । आज १९ गते हो । जेठको ३१ गते होइन । अझै समय छ । किन आत्तिनुभएको माननीय ज्यूहरु रु’ उनले भने ।

सांसद गुरुङले प्रदेश सरकारलाई अस्थिरता ननिम्त्याउने र प्रतिगमनतिर नधकेल्ने हो भने छलफल गर्न जरुरी रहेको बताएपछि फेरि सभामुखले रोकेका थिए । उनले सांसद गुरुङको भनाइ सचिवालयको रेकर्डबाट हटाइने र बाँकी सांसदलाई समेत नियमावली अनरुप बोल्न निर्देशन दिए । ‘यो बोली यहाँबाट हटाइँदैछ । अरु नियमावली अनुरुप आउन अनुरोध गर्दछु,’ उनले भने ।

अर्को बैठक बिहीबार १ बजे बस्ने भएको छ ।


प्रकाशित : २०७८ जेष्ठ १९, बुधबार १३:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

भर्खरै

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

  • बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

  • पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech