लुम्बिनी प्रदेश सरकारले आज प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको छ । केहीबेर अघिबाट लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न सुरु गर्नुभएको हो । हिजो बसेको प्रदेश मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम सम्बोधनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभा बोलाउने र दिउँसो ४ बजे प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई आग्रह गर्ने निर्णय गरेको भएपनि केही ढिलो गरी नीति तथा कार्यक्रम प्रस्तुत भएको हो । रेडियो लुम्बिनीले प्रदेश सभामा प्रस्तुत भइरहेको नीति तथा कार्यक्रमका प्रत्यक्ष प्रशारण गरेको छ ।




















