नयाँ दिल्ली,असोज ३१
पछिल्लो २४ घण्टामा भारतमा १४ हजार १४६ जना थप कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयकाअनुसार भारतमा पछिल्लो एक दिनमा १९ हजार ७८८ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड ३४ लाख १९ हजार ७४९ पुगेको सो मन्त्रालयले जनाएको छ । यहाँ हाल ९८स् १० प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट मुक्त भएका छन् ।
भारतमा अहिले सक्रिय संक्रमित १ लाख ९५ हजार ८४६ रहेको अधिकारीले जानकारी दिएका छन । यो सङ्ख्या २२० दिन यताको सव भन्दा कम भएको जनाइएको छ ।



















