काठमाण्डौं । आसन्न स्थानीय तहको चुनावमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बिहीबार बस्दैछ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीसहित सम्मिलित सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा पार्टीबाट उम्मेदवारका लागि सिटबाँडफाँट गरेको भोलिपल्ट एमालेले सचिवालय बैठक डाकेके हो ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठक दिउँसो १ बजे बालकोटमा बस्नेछ । उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने उनले बताइन् । स्थानीय तहको चुनाव आगामी ३० वैशाखमा हुँदैछ ।




















