बैसाख ११।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आगामी नेतृत्वका लागि एमालेले मोहन चापागाईलाई नगरप्रमुखमा उठाउने भएको छ। जिल्लाका पुराना नगरपालिकाहरु बुटवल उपमहानगरपालिका बुटवल र सिद्धार्थनगरको बीचमा रहेको तिलोत्तमा नगरपालिका प्रमुखमा लुम्विनी प्रदेश कमिटी सदस्य रहेका चापागाईलाई उठाउदा नगर उपप्रमुखमा भने बर्तमान उपप्रमुख समेत रहेकी जिल्ला कमिटी उपाध्यक्ष जगेश्वरी देवी चौधरीलाइै नै दोहोर्याएको छ।
तिलोत्तमा नगरपालिकामा गएको स्थानीय निर्वाचनमा एमालेका जनप्रतिनिधीहरुले जितेर आई सकेपछि देशभरीका स्थानीय तहलाई उछिनेर चर्चामा आएको थियो।



















