बैशाख १४ । यहि बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि रुपन्देहीको देवदहमा कुल ३ सय ५८ जनाको उम्मेदवारी दर्ता भएको छ ।
स्थानीय तहको आगामी ५ वर्षको कार्यकालका लागि हुँदै गरेको यस निर्वाचनमा निर्वाचन आयोगले बैशाख ११ र १२ गते मनोनयन दर्ताको तालिका निर्धारण गरेसँगै देशका ७ सय ५३ वटै स्थानमा उम्मेदवारी दर्ताको काम सकिएको छ ।
देवदहमा कुल ११ दलले मनोनयन दर्ता गराएका छन् । दलगत हिसाबले ३ सय ३२ र २६ जनाको स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन अधिकृत विष्णु प्रसाद आचार्यले बताए। स्वतन्त्र उम्मेदवार तर्फ प्रमुख पदमा ८ जना, उपप्रमुख पदमा १ जना, अध्यक्ष पदमा ११ जना र सदस्य पदमा ६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत आचार्यले बताए ।
कुल ६२ जना जनप्रतिनिधि निर्वाचित हुने देवदह नगरपालिकामा प्रमुख १, उपप्रमुख १, वडा अध्यक्ष १२ जना र अन्य सदस्य पदमा निर्वाचित हुनेछन् ।
दर्ता भएका उम्मेदवारहरुको विरुद्धमा दाबी बिरोध गर्नको लागि आयोगले बैशाख १३ गतेको दिन तोकेको थियो । तर देवदहको हकमा कुनैपनि उम्मेदवारहरुको बिरुद्धमा दाबी बिरोध नपरेको निर्वाचन अधिकृत आचार्यले बताए।




















