ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देहीको तिलोत्तमामा गठबन्धनले सार्बजनिक गर्यो प्रतिबद्धतापत्र

Lumbini Darpan 3 २०७९ बैशाख १६, शुक्रबार १६:२९
[sharethis-inline-buttons]

बुटवल,बैशाख १६ ।भ्रष्टचारमुक्त तिलोत्तमा नगर भन्ने मुल मन्त्रसहित रुपन्देहीको तिलोत्तमामा गठबन्धनले प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ । यहि बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको गठबन्धनले संयुक्त घोषणापत्र सार्बजनिक गरेको हो ।

नगरमा प्रमुखका उम्मेदबार रामकृष्ण खांण र उपप्रमुखका उम्मेदवार हेमन्त पाण्डेले संयुक्त प्रतिबद्धता पत्र सार्बजनिक गर्दै गठबन्धनका उम्मेदवारलाइ मतदान गर्न आब्हान गर्नुभयो । प्रतिबद्धतापत्रमा आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा,सीप बिकास,सञ्चार प्रविधि,युवा खेलकुद ,कृषिक्षेत्र, भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग ब्यापार तथा पर्यटन, रोजगारी सिर्जनालाइ प्राथमिकतामा राखिएको छ ।

हालको करको दायरा फराकिलो बनाइ यो भन्दा अगाडिको तिलोतमा नगर सरकारले लगाएको एकीकृत सम्पती करमा ५० प्रतिशत घटाइने र जीर्ण तथा रुग्ण उद्योग व्यवसायले तिर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिइने नगरप्रमुखका उम्मेदवार रामकृष्ण खांणले बताए।
त्यस्तैगरी अव्यवस्थित तथा सुकुम्बासी बस्तीलाइ व्यवस्थित बनाइ ५ वर्ष भित्र सबैलाई लालपुर्जा वितरण गरी तिलोतमा नगरको भूमीहिन समस्या पूर्णरुपमा निवारण गरिने उहाको भनाइ छ । त्यस्तै वैदेशिक रोजगारीमा रहनु हुने तिलोत्तमा नगर भित्रका नागरिकहरूले नगरभित्रका बैंकहरुमा डलर पठाएमा प्रति १ हजार डलरमा रु। १ हजार थप गरी भुक्तानी दिने व्यवस्था मिलाइने जनाइएको छ ।

उम्मेदवार खांणले जनताबाट उठाएको करले सालिक,गेट, स्तम्भ भ्यू टावर बनाउने र उपहार शुभकामना भोज भतेरमा खर्च गर्न पूर्ण बन्देज लगाइने बताए। कार्यालयमा आफ्नो काम गराउन आउने नागरिकका लागि सहायता कक्ष र सेवाग्राही विश्राम स्थल बनाइने उहाको भनाइ छ । नगरमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरिने जनाइएको छ ।
उम्मेदवार खांणको प्रतिबद्धतापत्रमा हालको तिलोत्तमा नगरपालिकाको भवनलाई तिलोतमा नगर अस्पतालमा रूपान्तरण गरिने उल्लेख छ । नगरका प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीको गुणस्तर वृद्धि गरिने र हरेक वडामा अपाङ्गता भएका तथा जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने बताए ।
नागरिकहरुको आर्थिक स्तर अनुसारका न्यून मूल्यमा कार्यालयको नयां भवननिर्माण गर्ने र भवनको डिजाइन तयार गरिने बताए ।
तिलोतमा बासीको नागरिकतालाई स्वास्थ्य सुरक्षा आधार पत्र मानी असहारा स्वास्थ्य सेवा उपलब्ध गराइने र गर्भवती महिला स्वाहार सम्भार र पोषण व्यवस्था गरी सुत्केरी भत्ता उपलब्ध गराउदै तिलोतमा नागरिक सस्तो औषधी पसल सञ्चालन गरिने सार्बजनिक गरिएको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
अध्ययन संगसमे स्व आर्जन प्राविधिक क्याम्पस संचालन गरिने छ। सम्पूर्ण सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गरिने योजना छ । नगरका सामुदायिक विद्यालयको विद्युत तथा खानेपानी महशुल नगरपालिकाले नै बुझाउने समेत प्रतिबद्धतामा समेटिएको छ ।
नगरका सरकारी जग्गा संरक्षण र सहि उपयोग गर्ने तर कुनै प्रकारले पनि गाको अतिक्रमण गर्न र कसैलाई भोगाधिकार नदिइने प्रतिबद्धता गरिएको छ ।
नगरभित्र कुनै पनि सिटी वस्तु विक्री वितरणमा पूर्ण रूपमा कामुनी बन्देज लगाइने र बिजुलीबाट चल्ने इन्डक्सन चुलो खरिद गर्दा खरिद मूल्यको ६०प्रतिशत अनुदान दिइने उल्लेख छ ।विद्युत महशुलमा ३० युनिट सम्म खपत जबैलाई छुट दिइने र पानीको ब्यूनतम महशुलमा शतप्रतिशत छुट दिइने जनाइएको छ ।
तिलोतमा नगरभित्रका सार्वजनिक स्थानहरुमा फ्रि वाइफाईको ब्यबसथा र सीसीटीभी जडान गरिने उल्लेख छ ।मोवाइल एप तथा डिजिटल प्रणाली मार्फत सेवाग्राहीले घरे बसी पालिकाको दर्ता तथा सिफारिस लिन सक्ने र प्रत्येक वडामा बैंक शाखा स्थापना गरी डिजिटल भुक्तानी प्रणाली लागू गरिने जनाइएको छ ।
पांच लाखसम्म लगानीका व्यवसाय निःशुल्क दर्ता ः
रुपन्देहीको तिलोत्तमामा कृषि क्षेत्रलाइ प्रमुख प्राथमिकता दिइएको छ । नगरमा एक वडा एक हाट बजार कृषि उत्पादन खरिद बिक्री योजना लागू गरिने संयुक्त प्रतिबद्धता पत्रमा उल्लेख छ ।
कृषि उत्पादनमा युवा लक्षित रोजगार कार्यक्रम लागू गर्ने योजना छ ।भने पाँच लाखसम्म लगानीका व्यवसाय निःशुल्क दर्ता गरिनुका साथै एक वर्षसम्म स्थानीय कर छुट दिइने प्रतिबद्धता पत्रमा छ । यसले युवा लगानीकर्ता र कम पूजी भएका लगानी कतालाइ थप उत्साहित बनाएको छ ।
त्यस्तै कृषकलाई आवश्यकता अनुसार बिउ मल र औषधी समयमा मै उपलब्ध गराउने, प्रत्येक वडाको सेती योग्य जमिनको तथ्यांक संकलन गरी कृषि उत्पादन वृद्धि गर्न तिलोत्तमा नागरिक कृषि कार्यक्रम लागु गर्ने भनिएको छ । त्यस्तैगरि सामुहिक सेती प्रणाली कार्य योजना लागू गरिने , प्रारिक मल उत्पादनमा आवश्यक आर्थिक सहयोगको व्यवस्था गराइने,१६÷३६ लुभुज सिंचाइ कुलोलाई थप व्यवस्थित गराइने,नगर नागरिक कृषि साक्टर कढ़ाई मेसीन तथा उपकरण योजना लागू गर्नेगरि कृषि क्षेत्रलाइ प्राथमिकतामा राखिएको हो ।
नगरभित्र विद्युतीय बस चलाइने ः
भौतिक तथा पूर्वाधार विकासमा पनि चासो दिइएको छ । तिलोतमा नगरपालिका भित्र विद्युतीय बस सेवा संचालन गरिने योजना छ । तिलोत्तमामा ५ वर्ष भित्र तिलोत्तमामा चक्रपथ निर्माण कार्य सम्पन्न गरिने उल्लेख छ । त्यस्त्ै नगर भित्र सम्पूर्ण बाटी जाली सहित कालोपत्रे बनाइने ,भित्री सहकहरुमा सडकबत्ती व्यवस्थापन प्रभावकारी बनाउने भनिएको छ ।
नगरलाइलाई हरितः सहर बनाउने योजना लागू गरिने उल्लेख छ ।

 


प्रकाशित : २०७९ बैशाख १६, शुक्रबार १६:२९

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech