ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बुटवलमा एमालेका उम्मेदवारहरुले सात संकल्प प्रस्तुत गरे

Lumbini Darpan 3 २०७९ बैशाख १७, शनिबार १८:०२
[sharethis-inline-buttons]

बुटवल । बुटवल उपमहानगरपालिकाको विकासका लागि सात संकल्पसहित एमालेका उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि अहिलेको नेतृत्वले शुरु गरेका महत्वपूर्ण आयोजनालाई निरन्तरता दिदै मुख्यतः सात योजनालाई अघि सारेको हो ।
हामीले धेरै कुरा भनेर होइन, धेरै काम गरेर जनतालाई विकासको अनुभूति गराउनु छ, एमालेका बुटवल मेयर उम्मेदवार बाबुराम भट्टराईले भने, ‘५ वर्षमा मुख्य सात एजेण्डालाई लिएर बुटवलको आधुनिक विकास गरेर देखाउनेछौं ।’ एमालेले बुटवललाई आर्थिक केन्द्रका रुपमा विकास गर्ने पहिलो एजेण्डा बनाएको छ । आर्थिक राजधानी निर्माणका लागि प्रदेश सरकारले समेत संकल्प गरेको थियो । उपमहानगरले त्यसलाई आत्मसाथ गर्दै यो एजेण्डालाई अगाडि बढाएको हो । आर्थिक राजधानी निर्माणका लागि उद्योग, ब्यापारलाई अनुकुल वातावरण वनाउने, शिक्षा, स्वास्थ्य र पर्यटनका अपार सम्भावनालाई उजागर गर्ने, त्यस अनुरुपका पूर्वाधार वनाउने योजना एमालेका छन् । मोतिपुर औद्योगिक करिडोरलाई प्रभावित नागरिकको हक सुरक्षित हुने गरी कार्यान्वयन गर्न सक्दा धेरै ठूलो जनशक्ति खपत गर्न सकिने विश्वास उम्मेदवारहरुलाई छ ।
आर्थिक केन्द्र बनाउनका लागि निर्यातको ठूलो हिस्सा लिने उद्योगको प्रवर्द्धन गरिने मेयर यम्मेदवार भट्टराईले बताए । निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउने नीति रहेको उनले बताए । स्थानीय उत्पादनलाई लेवलिङ तथा प्याकेजिङ गरी पहिचानमा जोड दिइ ब्राण्डिङ्ग गर्ने, साना तथा घरेलु उद्योगको स्थायित्व, विकास र प्रवद्र्धनका लागि सहयोग र समन्वय गर्ने नीति एमालेको छ
दोश्रो एजेण्डामा बुटवल ऐतिहासिक र पुरातात्विक महत्वलाई उजागर र संरक्षण गर्दै पुरानो बटौलीलाई परम्परागत वजारको रुपमा स्थापित गर्ने रहेको छ ।
‘पुरानो बुटवललाई ऐतिहासिक सम्पदा वस्तीको रुपमा विकास गरेर पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्न सकिन्छ । त्यो गर्नुपर्छ, उपमेयर उम्मेदवार साबित्रादेवि अर्याल भन्छिन,(‘अंग्रेजलाई परास्त गरेको जितगढी किल्ला र मणिमुकुन्दसेनको शितकालिन दरवार पुरातात्विक महत्वको हिसावले अर्थपूर्ण छन् । यिनको विकास, संरक्षण र सम्वन्धनका लागि केही प्रयास भएका छन् जसलाई अझै ब्यवस्थित र नयाँपन गराउनुपर्ने छ ।’
बर्तमान नगरपालिकाको नेतृत्वले जितगढी किल्लाको डीपीआर बनाएको त्यसलाई तुरुन्त कार्यान्वयन गरिने योजना आगामी नेतृत्वको हुनेछ । १ करोड १० लाख वर्ष पुरानो मानव अवशेष विषयलाई स्थापित गर्दा पनि बुटवलको पहिचान बढाउन सकिने अर्यालले बताइन ।

चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष एवं केन्दीय सदस्य टंकप्रसाद पोखरेल बुटवलको परम्परागत शहरलाई आधुनिक र ऐतिहासिकतालाई प्रवर्द्धन गर्ने नीति जनप्रतिनिधिमा हुनुपर्ने बताउछन् । जीतगढीलाई पर्यटनसंग जोडर बुटवलको प्रवर्द्धन गर्नुपर्ने उनको सुझाव छ ।
तेश्रो एजेण्डामा तिब्र भइरहेको बसाई सराईको व्यवस्थापनलाई लिएको छ । बसाईसराईसँगै हुने जनघनत्वलाई आवश्यक आधरभूत पक्षको विकासमा योजनाबद्ध काम गर्ने नीति एमालेले बनाएको छ । उच्च र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने, स्वास्थ्य उपचारको सहज पहुँच भएको र रोजगारीका पर्याप्त सम्भावना भएको यो क्षेत्र हुनुले बसाई सराईको चाप बुटवलमा छ । यसका लागि पर्याप्त जग्गाको अभाव छ । भएको जग्गालाई ब्यवस्थापन गरेर आधुनिक र ब्यवस्थित सहर वसाल्नुको विकल्प नभएकाले मोतिपुर र सेमलारमा आधुनिकर शहर निर्माणको सम्भाव्यता खोजिने योजना उम्मेदवारले बनाएका छन् । बहुतले घर वनाएर नयाँ आवासको ब्यवस्था गर्ने योजना र लगानीको वातावरण उपमहानगरले बनाउने हो । यसले बुटवललाई आधुनिक बनाउने विश्वास उम्मेदवारमा रहेको छ ।

बुटवललाई विकासको मानक बनाउने चौथो एजेण्डा एमालेले सार्वजनिक गरेको छ । काठमाण्डौंपछि तेस्रो बरियताको शहरमा नाम आउने बुटवललाई आधुनिक र अन्तर्राष्ट्रिय शहर बनाउने दायित्व आफूहरुले लिने एमालेका उम्मेदवारले जनाएका छन् । पूर्वाधार विकास तथा मर्मत सम्भारका लागि पूर्वाधार विकास तथा व्यवस्थापन बोर्ड गठन गरिने, बुटवलका मुख्य सडक र राजमार्गहरूलाई हरियाली, सफा र उज्यालो बनाउने, बुटवलदेखि एयरपोर्ट हुँदै लुम्बिनीसम्मको पर्यटकीय पर्यावरणमैत्री यातायात सेवा सञ्चालन गरिने योजना छ ।

एजेण्डा एमालेले ‘धेरैलाई लाग्छ सुकुम्बासी र अव्यवस्थित बसोबास बुटवलको समस्या हो । तर यो समस्या हैन समाधान हो, मेयर उम्मेदवार भट्टराई भन्छन, भूई तहका मान्छेको ब्यवस्थापन गर्दा यो अझै ब्यवस्थित हुन सक्छ । उनीहरु यहाँ किन आउन खोज्छन् भन्दा खेरी यहाँ वाँच्न सकिन्छ । वाँच्न सक्ने वातावरण बुटवल आफैले गरेको छ भने यसलाई थोरै मात्र ब्यवस्थापन गर्दा सहरको आवश्यकता पूरा हुन सक्छ ।’ यो आवश्यकता पूरा गर्नका लागि वुटवलले संघ, प्रदेशसमेतलाई प्रयोग गरेर काम गर्ने एमालेको योजना छ ।

सीप, योग्यता र क्षमता भएका ब्यक्तिलाई विदेशिनबाट रोक्ने अर्को एजेण्डा एमालेको छ । ती जनशक्तिलाई स्वदेशमै रोक्न सक्ने स्पष्ट खाका ल्याइने उम्मेदवारको भनाई छ ।

रुपन्देही जिल्ला गौतमवुद्वको पवित्र भूमि हो । अन्तरराष्ट्रिय विमानस्थल वनिसकेको अवस्थामा धेरै अवसर सिर्जना हुनेभन्दै त्यसबाट बुटवलले फाइदा लिने गरी योजना बनाइएको मेयर भट्टराईले बताए । ‘बुटवल नजिकै हिल स्टेशन बनाउने प्रसस्त आधार छन, तिनाउमा जल पर्यटनको व्यवस्थापन गर्न सकिन्छ, यसमा हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति बनाउनेछौं, उनले भने । बुटवलको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले आधुनिक बुटवल निर्माणमा पनि निजी क्षेत्र मैत्री नीति अंगिकार गरिने उनले बताए ।

बुटवलमा सुरक्षा, सहज यातायात व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका एजेण्डा प्राथमिकतामा रहेको उपमेयर प्रत्यासी अर्यालको भनाई छ । आधुनिक बुटवल निर्माणका लागि लैंगिकमैत्री वातवरण बनाउने जिम्मेवारी आफूहरुले लिने उनले बताइन ।

 


प्रकाशित : २०७९ बैशाख १७, शनिबार १८:०२

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech