३० वैशाख, काठमाडौं । रामेछापको दुई मतदान केन्द्रमा हवाई फायर भएको छ ।
सुनापति र खाडाँदेवी गाउँपालिकाको मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए ।
ठाडादेवी गाउँपालिकाको वडा नं. १ मा चाहिँ अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको उनले बताए ।




















