रुपन्देही ।
रुपन्देहीमा स्थानीय तह निर्वाचनमा ७० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीका अनुसार जिल्लाका २०७ मतदान केन्द्रबाट ७० प्रतिशत मत खसेको हो । यद्यपि, सबै रिर्पोट आयपछि प्रतिशत केही बढ्न सक्नेछ ।
जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको भण्डारीले जानकारी दिए।
निर्वाचन कार्यालयले सर्वदलीय बैठक बसेर शुक्रबारदेखि नै मतगणना थाल्ने तयारी गरेको छ । रुपन्देहीका १६ स्थानीय तहको मतपेटिका संकलन गरिसकेपछि मतगणना सुरु गर्ने गरी तयारी थालिएको छ ।




















