रुपन्देहीको तिलोत्तमा १५ को अध्यक्षमा नेपाली काँग्रेसका झविलाल भुसाल सहित पुरा प्यानल विजयी भएका छन् । शनिबार विहान सम्पन्न मत गणनामा नेकपा एमालेका केशव सिंह चौधरीलाई १४६६ मतले पछि पार्दै भुसालले १४७५ मत प्राप्त गर्दै विजयी हसिल गरेका छन् ।
यही बैशाख ३० गते सम्पन्न निर्वाचनमा प्रत्यासी उम्मेद्वार नेकपा एमालेका केशव सिंह चौधरीलाई ९ मतले पछि पार्दै भुसाल विजयी भए । निर्वाचनमा प्रतिद्वन्दी
उमेद्धार केशव सिंह चौधरीले १४६६ मत प्राप्त गरेका थिए । यस वडामा कूल ३२१८ मत खसेको थियो ।
भुसालसँगै तिलोत्तमा १६ का लागि खुल्ला सदस्य, महिला सदस्य तथा दलित महिला सदस्य गरी सबै पदमा काँग्रेसका उम्मेद्वार विजयी भएका छन् । यस वडामा मत गणनाको समयमा निर्वाचन कर्मचारीले अनियमितता गरेको भन्दै विवाद भएपछि पुन गणना गरिएको थियो ।




















