७ जेठ ।
रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस फणेन्द्रप्रसाद शर्मा र उपप्रमुखमा नेकपा एमालेकै विना राना विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार भएका शर्माले १५ हजार ६ सय ८६ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिद्वन्द्वीमा एमालेकाको उमेद्धार चित्र बहादुर कार्कीले १५ हजार १ सय ४ मत ल्याएका छन् ।
कांग्रेसले मेयरमा जिते पनि उपमेयरमा भने एमालेकै विना राना दोहोरिएकी छन् । रानाले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्र का मानबहादुर महतलाई २ हजार ४२ मतान्तरले पराजित गरिन् । २०७४ सालमा पनि एमालेबाटै उपमेयरमा निर्वाचित भएकी रानाले यसपटक १५ हजार ७ सय ६२ मत पाउँदा महतले १३ हजार ७ सय २० मत पाए ।




















