काठमाडौं । काठमाडौं महानगरपालिकामा ५१ प्रतिशत मत गन्न बाँकी रहँदा पनि स्वतन्त्र उम्मेदवार बालेन शाह र सुनिता डगोल ले निरन्तर अग्रता कायम गरिरहेका छन् ।लौरो चिन्हवाट स्वतन्त्र उम्मेदवार भएका शाहले निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका केशव स्थापितलाई १५ हजार ८ सय ५ सय ५३ मतले पछि पार्दै ३५ हजार १ सय ३० मत प्राप्त गरिसकेका छन्। नेकपा एमालेकी उम्मेदवार सुनिता डगोलले आफ्ना प्रतिस्पर्धीहरुलाई ३ गुण मतान्तरले पछि पार्दै शीर्षस्थानमा हुनुहुन्छ । डंगोलले ३१ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १० हजार ९ सय ७९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनिता मगैयाले ५ हजार ६ सय ७३ मत प्राप्त गर्नभएको छ । स्वतन्त्र उम्मेदवार वेन्जी सिंह महर्जनले ३ हजार ३ सय ४९ मत प्राप्त गर्नुभएको छ ।
महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेको थियो । शनिबार अपरान्ह साढे २ बजेसम्म ९३ हजार ६ सय ४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले बताए ।
यसअघिको निर्वाचनमा एमालेको पकड क्षेत्र मानिएका वडाहरुमा मतगणना जारी छ । अभै ९७ हजार ५ सय ३९ मत गणना गर्न बाँकी छ । ९, १०, ११, २४, २५, २६, २७ र ३१ वडामा मतगणना जारी छ । जसमध्ये १० र ११ नम्बर वड कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ ।




















