ताजा अपडेट

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

खर्च गर्न सकेन रुपन्देहीले,आधाभन्दा बढी बजेट फ्रिज

Lumbini Darpan 3 २०७९ असार ३२, शनिबार १४:०५
[sharethis-inline-buttons]

असार ३२ गते २०७९।
विकासको दृष्टिले मुलुककै अग्रस्थानमा रहेको रुपन्देही जिल्लाको पूंजिगततर्फ आधा भन्दा बढी बजेट फ्रिज भएको छ । असार महिनाको अन्त्य सम्ममा पनि बिनियोजित रकम खर्च गर्न नसक्ने धेरै कार्यालयहरु रहेका छन् ।आर्थिक बर्ष २०७८र०७९ मा रुपन्देहीमा रहेका संघिय कार्यालयहरुमा असार ३० गते सम्म कुल विनियोजित बजेटको ८६ दशमलव ५२ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले दिएको जानकारी अनुसार रुपन्देही जिल्लामा ४३ अर्ब ५५ करोड ३७ लाख बजेट बिनियोजन भएकोमा त्यस मध्ये ३७ अर्ब ६८ करोड ४० लाख २२ हजार मात्र खर्च भएको छ ।

कुल बजेट मध्ये चालु तर्फ ३४ अर्ब १२ करोड ५८ लाख ५५ हजार रुपैया बिनियोजन गरिएको थियो । जसको ९७ दशमलव ९४ प्रतिशत अर्थात ३३ अर्ब ४२ करोड ४१ लाख ७९ हजार खर्च भएको छ । यसै गरि पूंजिगत तर्फ चालुको करिब १ चौथाई अर्थात ९ अर्ब ४२ करोड ७८ लाख ४५ हजार बजेट बिनियोजन भएकोमा असार ३० गते सम्म ४ अर्ब २५ करोड ९८ लाख ४३ लाख अर्थात ४५ दशमलव १८ प्रतिशत मात्र खर्च भएको छ ।चालुको करिब एक चौथाई मात्र पूंजिगत बजेटमा छुट्टयाउनु र यसमा पनि आधा पनि खर्च गर्न नसक्दा जिल्लामा बिकास निर्माणका काम प्रभावित भएका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्यांक अनुसार अलि ठूलै कारोबार हुने संघिय कार्यालयहरुको पूंजिगत तर्फको खर्च सन्तोषजनक देखिन्न ।चालु आर्थिक बर्षमा भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनालाई पूंजिगतमा २ करोड ४२ लाख ५१ हजार रुपैया बजेट छुट्टयाईएकोमा योजनाले असार सम्ममा ३० हजार ९ सय रुपैया मात्र खर्च गर्न सकेको छ ।

सडक डिभिजन बुटवललाई चालु आर्थिक बर्षमा पूंजिगत तर्फ ३ अर्ब ९६ करोड ६३ लाख ७१ हजार बजेट बिनियोजन भएको थियो । तर उसले असार सम्ममा ९७ करोड ९५ आख ३८ हजार ७ सय ६० रुपैया मात्र खर्च गर्न सक्यो । सडक डिभिजन बुटवलले असारमा मात्र ४५ करोड ५३ लाख ९९ हजार २ सय २९ रुपैया खर्च गरेको छ ।भैरहवा लुम्बिनी भूमिगत जल सिंचाई ब्यवस्थापन डिभिजन कार्यालयले २७ करोड ९५ लाख बजेट पाएकोमा बर्ष भरिमा १९ लाख ६८ हजार रकम खर्च गरेको छ । यसमा पनि असार महिनामा मात्र उसले १३ करोड बढी बजेट खर्च गरेको छ ।पंूजिगत खर्च तर्फ नै अख्तियार दुरुपयोेगा अनुसन्धान आयोगको कार्यालय बुटवलले पनि बर्ष भरि खर्च गरेको रकमको आधा रकम असार महिनामै खर्च गरेको छ । अख्तियारलाई ४ करोड ५० लाख ४० हजार बजेट बिनियोजन भएकोमा असार सम्ममा १ करोड ६३ लाख खर्च गरेको छ । यस मध्ये पनि ८६ लाख ९९ हजार अख्तियारले असार महिनामा मात्रै खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांकबाट देखिन्छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक बिष्णु प्रसाद ज्ञवालीले पूजिगत तर्फ असार महिना सम्ममा खर्च भएको रकम ४ अर्ब २५ करोड ९८ लाख ४३ लाख रुपैया मध्ये १ अर्ब ९० करोड १२ लाख ३३ हजार रुपैया असार महिनामा मात्र खर्च भएको बताए । अर्थात बर्ष भरि खर्च भएको रकमको ४४ दशमलव ६३ प्रतिशत रकम असार महिनामा मात्रै खर्च भएको छ। कार्यालयले दिएको जानकारी अनुसार असार महिनाको २३ गते २५ करोड ६० लाख, २४ गते २० करोड ५० लाख, २५ गते ४० करोड ८१ लाख र २६ गते २४ करोड १८ लाख रुपैया खर्च भएको छ ।कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले जिल्लाका संघिय कार्यालय, प्रदेश मन्त्रालय र जिल्लाका स्थानिय तहलाई निकासा दिने गरेको छ ।प्रदेश समेत गरि ४३ अर्ब ५५ करोड बजेट पाएको रुपन्देहीले भने जिल्लाबाट १ खर्ब ४२ अर्ब ५१ करोड १३ लाख ९६ हजार रुपैया राजस्व उठाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख बिष्णु प्रसाद ज्ञवालीका अनुसार कुल राजस्वको करिब २२ देखी २४ प्रतिशत योगदान रुपन्देहीबाट हुने गरेको छ ।

चालु आर्थिक बर्षमो असार ३० गते सम्म सबै भन्दा बढी राजस्व उठाउनेमा भैरहवा भन्सार कार्यालय रहेको छ । भन्सारले १ खर्ब १५ अर्ब १९ करोड ९७ लाख ६६ हजार ४ सय ९३ रुपैया राजस्व असुली गरि संघलाई पठाएको छ । यसै गरि आन्तरिक राजस्व कार्यालय भैरहवाले ११ अर्ब ५५ करोड ९६ लाख ५६ हजार ८ सय ५२ रुपैया, आन्तरिक राजस्व कार्यालय बुटवलले ११ अर्ब ६८ करोड ४२ लाख ४ हजार ६६ रुपैया राजस्व असुली गरेको छ ।कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत पनि ३ अर्ब ४२ करोड ८५ लाख ७२ हजार ५ सय ५८ रुपैया राजस्व असुली भएको छ । यस्तै जिल्ला ट्राफिक कार्यालय भैरहवाले चालु आर्थिक बर्षमा ६ करोड ८६ लाख ७२ हजार रुपैया राजस्व बुझाएको प्रमुख कोष नियन्त्रक बिष्णु प्रसाद ज्ञवालीले बताए ।रुपन्देही जिल्लामा १ सय ३४ कार्यालयहरुलाई कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले बजेट निकासा दिने गरेको छ भने स्थानिय तह समेत गरि ९९ वटा कार्यालयहरु मार्फत राजस्व असुली हुने गरेको छ ।


प्रकाशित : २०७९ असार ३२, शनिबार १४:०५

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

भर्खरै

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech