ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

निर्वाचन २०७९ , रूपन्देहीमा यी नेता छन् उम्मेदवारको चर्चामा

Lumbini Darpan 3 २०७९ श्रावण २४, मंगलवार १२:३२
[sharethis-inline-buttons]

बुटवल ।

निर्वाचनको मिति घोषणासँगै केन्द्रीय राजनीतिमा सधैं प्रभावशाली जिल्लाको पहिचान बनाएको रुपन्देहीमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका सम्भावित उम्मेदवारहरुको चर्चा सुरु भएको छ ।

विगतका चुनावी परिणाम हेर्दा जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा पाँच दलीय गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । अघिल्ला चुनावमा प्रतिस्पर्धा गरेका राजनीतिक दलका पुरानै अनुहारका नेतादेखि स्वतन्त्ररुपमा केही नयाँ उम्मेदवारहरू पनि चुनाव लड्न अघि सरेका छन् ।

 

११ लाख जनसंख्या रहेको रूपन्देहीमा प्रतिनिधि सभाका ५ र प्रदेश सभाका १० निर्वाचन क्षेत्र छन् । २०७४ को निर्वाचनमा १, २ र ३ नम्बर क्षेत्रमा नेकपा एमाले तथा ४ र ५ नं क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । त्यस्तै प्रदेश सभातर्फ एमालेले ५, कांग्रेस ३, नेकपा माओवादी १ र जनता समाजवादी पार्टी ९जसपा० ले एक क्षेत्रमा जितेका थिए ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट जिल्लामा नेपाली कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा झरेकाले यसपटक एमालेलाई विगतको विरासत जोगाउने चुनौती थपिएको छ ।

 

क्षेत्र नंं १

रूपन्देही क्षेत्र नम्बर १ मा देवदह नगरपालिकाका १२ वटै वडा, तिलोत्तमा नगरका वडा नम्बर ७, ८, ९, १०, ११, १२ १५, १६ र १७, ओमसतिया गाउँपालिकाका १, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका पर्छन् ।

यहाँ एमालेबाट छविलाल विश्वकर्मा नै उम्मेदवार बन्ने चर्चा छ । उनी यो क्षेत्रका सांसद, पार्टी सचिव तथा पूर्वमन्त्रीसमेत हुन् ।

अघिल्लो चुनावमा विश्वकर्माले कांग्रेस नेता अब्दुल रज्जाकलाई झिनो मतान्तरले पराजित गरेका थिए । विश्वकर्मा पार्टी अध्यक्ष केपी ओली निकट हुन् भने रज्जाक कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुन् ।

प्रदेशसभातर्फ वाम गठबन्धनबाट तत्कालीन माओवादीका दधिराम न्यौपाने र एमालेका कृष्ण न्यौपानेले जितेका थिए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले जितेको यो क्षेत्रमा २०७० मा विश्वकर्मालाई रज्जाकले हराएका थिए । कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले रज्जाक नै सिनियर नेता भएकाले उनी उम्मेदवार बन्न सक्ने बताए ।

पाँच दलीय गठबन्धन भएकाले प्रदेश सभामा सिट भागबन्डा गर्नुपर्ने भएकाले अहिले नै नाम भन्नु हतार हुने बताउँछन् उनी ।

राप्रपाको पनि राम्रै प्रभाव रहेको यो क्षेत्रमा राप्रपाले कसलाई उम्मेदवार बनाउँछ भन्ने यकिन भइनसकेको पार्टीका प्रदेश अध्यक्ष प्रदीप उदयले बताए ।

यहाँबाट राप्रपाका दीपक बोहरा पनि उम्मेदवार बन्नसक्ने चर्चा छ । हालै भएको स्थानीय निर्वाचनमा वडाध्यक्षमा दलहरूले पाएको अवस्थाको आधारमा रुपन्देही १ मा कांग्रेस एमालेभन्दा थोरै मतले अघि देखिएको छ ।

नेपाली कांग्रेसका वडाध्यक्षहरूले ३२ हजार ९९९ एमालेका उम्मेदवारहरुले ३० हजार ३९४ मत ल्याएका छन् । यस्तै राप्रपाको १४ हजार ५५२ र माओवादीको ४ हजार २०२ मत रहेको छ ।

क्षेत्र नं। २

रुपन्देही क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बरसम्मका वडाहरू, सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडाहरू र तिलोत्तमाका १ देखि ६ नम्बर वडा पर्छन् ।

यो क्षेत्रबाट अघिल्लो चुनावमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल विजयी भएका थिए । अहिले पनि पौडेल नै उम्मेदवार बन्ने पक्का छ । यो क्षेत्रबाट प्रदेशसभामा एमालेका लिला गिरी र भोजप्रसाद श्रेष्ठ विजयी भएका थिए ।

गत स्थानीय चुनावमा यो क्षेत्रका अधिकांश वडामा गठबन्धन विजयी भएकाले कांग्रेसबाट उम्मेदवारका आकांक्षी धेरै छन् । कांग्रेसबाट युवराज गिरीसहित प्रदेश सदस्य रामबहादुर कार्की, बालकुमारी भण्डारी, एन्फा उपाध्यक्षसमेत रहेका व्यवसायी दीर्घकुमार केसी, अर्का व्यवसायी चुन्नु पौडेल, रोमणीप्रसाद पाठक आकांक्षी छन् ।

यो क्षेत्रबाट एमाले नेता पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचन जितेका थिए । २०६४ मा माओवादीका भक्ति पाण्डे, २०७० मा डा।बाबुराम भट्टराई र कांग्रेसका सूर्यप्रसाद प्रधान तथा २०७४ मा कांग्रेसका युवराज गिरीलाई हराएका थिए । २०७४ मा कांग्रेसका गिरी पौडेलसँग २२ हजार मतान्तरले पराजित भएका थिए ।

२०४८ सालको निर्वाचनमा भने यो क्षेत्रबाट कांग्रेसका बालकृष्ण खाँण विजयी भएका थिए भने २०५१ सालमा एमालेका मोदनाथ प्रश्रितले खाँणलाई हराएका थिए ।

आफूले अघि सारेका बुटवल(बेलहिया ६ लेन सडक, तिनाउ दानव कोरिडोर, सिद्धबाबा सुरुङमार्ग, झुम्सा खानेपानी, बुटवल(नारायणगढ र बुटवल(चन्द्रौटा सडक विस्तार, गौतमबुद्ध विमानस्थलमा दोस्रो टर्मिनल भवन, तिनाउ नदीमा सिग्नेचर पुललगायतका आयोजनालाई पूर्णता दिन आफू उम्मेदवार बन्ने निश्चित भएको पौडेलले अनलाइनखबरलाई बताए ।

गुल्मीका कांग्रेस नेता चन्द्र भण्डारी पनि बुटवलबाटै चुनाव लड्ने चर्चा भएपनि उनी यहाँबाट लड्ने कुरा हल्ला मात्रै भएको कांग्रेस क्षेत्रीय सचिव प्रजापाल गिरीले बताए । यहाँबाट युवराज गिरी नै उम्मेदवार हुने उनले बताए ।

तर सत्ता गठबन्धनबीच भागबण्डा गर्दा यहाँ नेकपा एकीकृत समाजवादीलाई पर्ने चर्चा छ । त्यसो हुँदा एकीकृत समाजवादीबाट पार्टीका प्रदेश सचिव राजु गुरुङ उम्मेदवार बन्ने चर्चा छ । उनले आफूले मात्रै पौडेललाई हराउन सक्ने बताउँदै आएका छन् ।त्यसो त माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा २०६४ को संविधान सभा सदस्य पत्रकार विनोद पहाडी पनि यो क्षेत्रबाट चुनाव लड्ने भन्दै आन्तरिक तयारी गरेका छन् । यहाँ डा। निकोलश भुसालले स्वतन्त्र उम्मेदवार बन्ने तयारी थालेका छन् । थिए ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई हेर्दा यहाँ नेपाली कांग्रेस अगाडि देखिन्छ । कांग्रेसले ३४ हजार ९५९ मत पाउँदा एमालेले ३३ हजार १८७ मत पाएको छ । यस्तै माओवादी केन्द्रले ३ हजार १८८ मत पाएको छ ।

क्षेत्र नंं ३

रुपन्देही क्षेत्र नम्बर गृहमन्त्री बालकृष्ण खाँण, एमाले नेता घनश्याम भूसाल र राप्रपा नेता दीपक बोहरालगायतका नेताहरुको निर्वाचन क्षेत्र हो । यो क्षेत्रमा सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, बुटवलका वडा नम्बर १४ देखि १९, मायादेवी गाउँपालिकाका वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ र तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।

यो क्षेत्रबाट २०७४ को चुनावमा एमालेका घनश्याम भूसालले जितेका थिए । अहिले पनि एमालेबाट भूसाल नै र कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार बन्ने चर्चा छ ।

गत निर्वाचनमा कांग्रेस नेता खाँण समानुपातिकमा बसेका थिए । यसपटक स्थानीय तहको नतिजाले उत्साहित खाँण प्रत्यक्ष निर्वाचन लड्ने गृहकार्य सहित पटक(पटक क्षेत्रमा धाइरहेका छन् । भूसाल नउठेमा तिलोत्तमाका निवर्तमान मेयर बासुदेव घिमिरे पनि उम्मेदवार बन्न सक्ने एमाले नेताहरु बताउँछन् ।

यो क्षेत्रबाट सामाजिक अभियन्ता एवम् अधिवक्ता प्रख्यात बन्जाडेले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । यो क्षेत्रबाट प्रदेशतर्फ नेकपा एमालेका तुलसी चौधरी र जसपाका सन्तोषकुमार पाण्डेय निर्वाचित भएका थिए ।

यसपटक यो क्षेत्रका सबै पालिका र अधिकांश वडामा कांग्रेस विजयी भएकाले कांग्रेस उम्मेदवारलाई सहज हुने र एमाले उम्मेदवारलाई विगतको विरासत जोगाउन चुनौती हुने अनुमान गर्न सकिन्छ । यदि राप्रपा र एमालेबीच तालमेल भएको खण्डमा कांग्रेसलाई पनि उत्तिकै चुनौती हुनसक्ने छ ।

हालै सम्पन्न स्थानीय तहका वडाध्यक्षहरूको मतको आधारमा कांग्रेस ३४ हजार १५३ मत, एमालेले २९ हजार ४८ मत, राप्रपाको १३ हजार ३९७ मत रहेको छ ।

क्षेत्र नंं ४

रूपन्देही क्षेत्र नम्बर ४ मधेशी समुदायको बाहुल्य भएको क्षेत्र हो । सम्मरीमाई, मर्चवारी र कोटहीमाई गाउँपालिका पुरै वडा तथा मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही वडा पर्दछन् । यहाँबाट गएको चुनावमा कांग्रेसबाट जितेका प्रमोद यादव यसपटक पनि उम्मेदवार बन्ने पक्का छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला पनि उम्मेदवार बन्ने निश्चित छ । गत निर्वाचनमा यादवले तत्कालीन राष्ट्रिय जनता पार्टीका शुक्लालाई पराजित गरेका थिए ।

एमालेबाट उम्मेदवार बनेका ओमप्रकाश यादव अहिले जसपामा प्रवेश गरेका छन् । जसपाबाट उनी उम्मेदवार बन्ने चर्चा छ । प्रदेश सभातर्फ दुवै क्षेत्रमा कांग्रेसका अष्टभुजा पाठक र बसिउद्दिन खानले जितेका थिए । यो क्षेत्रमा नेकपा एमालेले लोसपालाई समर्थन गर्न सक्ने संभावना रहेको एमालेका एक नेताले बताए ।

यो क्षेत्रमा लोसपाको १६ हजार २२६, कांग्रेसको १५ हजार ६२७, यस्तै जनमत पार्टीको ७ हजार ७३४, एमालेको ७ हजार ६०५ मत वडाध्यक्षहरूले पाएका छन् ।

क्षेत्र नं ५

रुपन्देही(५ मा कांग्रेस नेता भरत शाहले जितेको क्षेत्र हो । प्रदेश सभामा भने एमालेका भूमिश्वर ढकाल र कांग्रेसका फखरुद्दिन खान निर्वाचित भएका थिए ।

यहाँ गैडहवा गाउँपालिका, सैनामैना नगरपालिकाका ५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नम्बर वडा नम्बर १ देखि ११ सम्म र मायादेवी गाउँपालिकाका केही वडा पर्छन् ।

आउँदो चुनावमा पनि कांग्रेसबाट शाह नै उम्मेदवार हुने छन् । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई उम्मेदवार बन्ने चर्चा छ । अघिल्लो चुनावमा शाहले एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार माओवादीका डिलाराम आचार्यलाई पराजित गरेका थिए । स्वतन्त्रबाट यहाँ भीष्म रानाले उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

२०५६ सालमा शाह विजयी भएको यो क्षेत्रमा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा शाहलाई एमालेका स्वर्गीय नेता रामनाथ ढकालले पराजित गरेका थिए । २०७० को निर्वाचनमा ढकाललाई शाहले झिनो मतले पराजित गरेका थिए ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एमाले र कांग्रेसको मत बराबर जस्तै छ । यहाँ एमालेका वडाध्यक्षहरूले २७ हजार १४५ मत पाएका छन् भने कांग्रेसको २६ हजार ८८८, जसपाको ९ हजार ३३७, जनमत पार्टीको ५ हजार ६५६ र माओवादीको ४ हजार ६२५ मत छ ।

 

स्रोत ः अनलाइन खवर डटकम


प्रकाशित : २०७९ श्रावण २४, मंगलवार १२:३२

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech