काठमाडौं ।
देशका ठूला पार्टीहरुले देखाएको जनताप्रतिको उदासिनता र देश जनता केही होइनन हामी नै सर्वेसर्वा हौ भन्ने सोंचबाट राज्य सञ्चालन गर्दा जनतामा पार्टी प्रतिको अकार्षण कम हुँदै गएको छ । जसले गर्दा आसन्न संघीय चुनाबमा पाटीका उमेदवार भन्दा स्वतन्त्र उमेदवारहरु बढी हावी हुने अनुमान समेत गरिएको छ ।
देशैभरि चुनावको मिति घोषणा नहुदै स्वतन्त्ररुपमा उमेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । यसैक्रममा काठमाडौ जिल्ला क्षेत्र नं। ५ बाट व्यवसायी बाबुराम पोखरेलले स्वतन्त्र उमेदवारी घोषणा गरेका छन् ।




















