ताजा अपडेट

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देही–५ का मतदाताको भनाई – यसपटकको मत बासुदेवलाई 

Lumbini Darpan 3 २०७९ कार्तिक १५, मंगलवार १३:३७
[sharethis-inline-buttons]

विष्णु भुसाल
इच्छा शक्ति नै सबैभन्दा ठूलो शक्ति हो भन्ने कुराको उदाहरण हुन् तिलोत्तमा नगरपालिकाका प्रथम नगर प्रमुख वासुदेव घिमिरे। उनी नगर प्रमुख हुँनु भन्दा अघि सम्म तिलोत्तमाबासीले आफूलाई तिलोत्तमा नगरपालिकाको हुँ भन्न हिच्किचाउँथ्यो।

रूपन्देही छोडेर अन्यत्र कतै घुम्न जाँदा तिलोत्तमाबासीले घर कि त बुटवल भन्थे कि त भैरहवा भन्थे तर आजकल गर्वले छाती फुलाएर भन्छन् मेरो घर तिलोत्तमा हो र म तिलोत्तमाबासी हुँ। यो भन्ने सम्पूर्ण वातावरण तयार पारेका थिए निवर्तमान मेयर वासुदेव घिमिरेले।

शुरूवातमा तिलोत्तमा भन्न पनि कठिन लाग्ने तिलोत्तमा नगरबासीले मात्रै होइन सिङ्गो देसभरिकै नागरिकले मुक्त कण्ठले नामोच्चारण गर्छन् तिलोत्तमाको। कारण के हो भने अघिल्लो पाँच वर्षे स्थानीय सरकारको पदावधिमा देसभरिकै उत्कृष्ट नगरपालिका बनेको थियो तिलोत्तमा। अहिले तिलोत्तमा देसभरि नै परिचित नाम हो र पछिल्लो अन्तर्राष्ट्रिय आइ एस ओ मान्यता प्राप्त नगरपालिका हो।

तिलोत्तमा नगरपालिकालाई देसभरिकै नमुना नगरपालिका बनाउन अहोरात्र खट्ने वासुदेव घिमिरेलाई पनि जो कसैले पनि चिन्दछ आज। चिनाइ फरक फरक हुन्छन् ,कसैले भेटेर ,कसैले देखेर त कसैले सुनेर। जे जसरी भए पनि राम्रो काम गर्ने व्यक्तिका रूपमा परिचित नाम हो वासुदेव घिमिरेको।

बासुदेवले आफू निर्वाचित भएपछि पांचै वर्षको आफ्नो तलब भत्ता सरकारी स्कुलका गरिब विद्यार्थीलाई छात्रवृत्ति दिएर उदाहरण बने । स्थानीय कानुन सबैभन्दा पहिला बनाउने नगरपालिका बनाए तिलोत्तमालाई । स्थानीय तहहरुमध्ये देशमै पहिलोपटक र हालसम्म कसैले गर्न नसकेको लगानी सम्मेलन गरे । देशमै पहिलो खुला प्लास्टिकमुक्त नगरपालिका बनाए । ५१ वटा सूचक पार गरेर बालमैत्री नगरपालिका बनाए । पूर्ण सरसफाइ उन्मुख नगरपालिका पनि बनाए । यी यावत उत्कृष्ट कामहरुले गर्दा तिलोत्तमा देशभरका नगरपालिकामध्ये २ पटक उत्कृष्ट घोषित भयो । त्यति मात्र होइन नेपालमै अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आइएसओ प्राप्त गर्ने पहिलो नगरपालिका पनि तिलोत्तमा नै बनयो । यी उपलब्धी चानचुने होइनन्, आफ्नो क्षेत्रलाई उत्कृष्ट र नमूना बनाउनंछु भन्ने बासुदेवको दृढ इच्छा शक्तिले हो ।

कतिपय नगरपालिकाका नगर प्रमुखज्यूहरू जित्ने बित्तिकै आफ्नो सेवा सुविधामा रमाउन थाले तर वासुदेव घिमिरे भने जनतासँग गरेका वाचा पूरा गर्न जितेको अर्को दिनबाटै लागे। घोषणा पत्रमा उल्लेख भएका प्रतिबद्धतालाई कार्यान्वयन गर्नतिर कम्मर कसे फलस्वरूप छोटो समयमै तिलोत्तमाले विकासको रूपमा फड्को मार्न थाल्यो।

म यो पार्टीको हुँ, मैले यस पार्टीबाट जितेको हुँ भन्दा पनि आफू साझा भएको महसुस गरे घिमिरेले र जनताको सेवामा खटिए। काम गर्ने मान्छेलाई जसले पनि साथ दिन्छ ,तिलोत्तमा नगरबासीले होस्टेमा हैंसे गरे ,संघीय सरकारबाट पनि उनले राम्रै वजेट तान्न सफल भए जसको परिणामस्वरूप तिलोत्तमा साँच्चिकै तिलोत्तमा बन्यो।
बिहान जुरुक्क उठ्नासाथ फोहरमैला व्यवस्थापनमा आफै खटिई नगरपालिकालाई स्वच्छ ,सुन्दर,हराभरा नगरपालिकाको रूपमा परिचित गराए त्यसपछि विभिन्न संघ संस्थाको साथ लिई सबैको अपनत्व हुने गरी विकासतर्फ अगाडि बढे।

शिक्षालाई प्रमुख प्राथमिकतामा राखी सामुदायिक विद्यालयको गुणस्तरमा जोड दिए,दिवा खाजाको व्यवस्था मिलाई विपन्न परिवारका बालबालिकालाई पनि आकर्षण पैदा गरि पूर्ण साक्षर नगरपालिका घोषणा गरे। एक वार्ड एक स्वास्थ्यचौकी मान्यतालाई अगाडि सारी स्वास्थ्य क्षेत्रमा ध्यान दिए र सबैभन्दा पहिला कोरोना महामारीका समयमा पूर्ण खोप पालिका घोषणा गरे।

नगरपालिकामा रहेका पार्कहरूलाई आवश्यक वजेट वितरण गरि पर्यटकीय क्षेत्रको विकास गरे । कृषिमा किसानको उत्पादनलाई दररेट जायम गरि एकरूपता कायम गर्नुजा साथै अनुदान प्रदान गरी कृषितर्फ आकर्षण बढाए। बजारव्यवस्था तथा त्यसको अनुगमनलाई चुस्त दुरूस्त राखे। जनताको शान्ति सुरक्षालाई बढावा दिए। नगर प्रमुख बापत पाएको सेवा सुविधा नलिई जनताकै काममा खर्चिए। बाटोघाटोलाई पक्की गरि सफा पारे। धार्मिक तथा साँस्कृतिक महत्त्वलाई उजागर गर्न लागि परे। जनताको इच्छा ,आकांक्षालाई बुझेर काम गरे। दलगत भिन्नता राखेनन् , राम्रो कामलाई कसले ल्याएको हो भनी सोंचेनन् ,राम्रो जसले जहिले ल्याए पनि राम्रो हो भन्ने कुरामा विश्वास राखे जसले गर्दा तिलोत्तमा नगरपालिका देसकै उत्कृष्ट नगरपालिका बन्यो।

कतै भ्रष्टाचारमा नमुछिएका,दिनरात जनताकै काममा खटिने ,स्वच्छ छविको रूपमा परिचित मेयर वासुदेव घिमिरे नै पुनः नगरपालिकाको प्रमुखमा टिकट पाऊन् र जितून् भन्ने सबैको चाहना थियो तर पार्टीले मोहन चापागाईलाई टिकट दियो । बासुदेवले पार्टीको निर्णय शिरोपर गर्दै चापागाईलाई जिताउन लागेपुगेसम्मको मेहनत गरे । तर सत्ता गठबन्धनले सत्ता र शक्तिको दुरुपयोग गर्दै चुनाव प्रभावित बनायो र थोरै मतान्तरले चापागाई हार्न पुगे ।

फेरि संघीय तथा प्रदेसको चुनाव नजिकियो , आम मानिसको चाहना रूपन्देही क्षेत्र नं–३ मै वासुदेव घिमिरेको उम्मेदवारी रहोस् भन्ने थियो ,त्यो पनि हुन सकेन र उनी क्षेत्र नं–५ को उम्मेदवार बन्न पुगे।

आज रूपन्देही क्षेत्र नं –३ का जनतामा आफ्नो विकासप्रेमी नेता आफ्नो क्षेत्रभन्दा बाहिर जानुपर्दा दुःखित त अवश्य नै छन् तर क्षेत्र नं –५ को विकासमा खटिने खबरले केही न केही शन्तोषको सास फेरेका छन् भने उता रूपन्देही क्षेत्र नं –५ का मतदाताहरू भने लोकप्रिय नेता आफ्नो उम्मेदवार बनेकोमा निकै उत्साहित देखिन्छन् र जसरी भए पनि जीत हासिल पार्न कम्मर कसेर लागेको पाइन्छ।

वासुदेव घिमिरेलाई एमालेबाट टिकट पाएर सूर्य चिन्ह लिएर उठे पनि सबैले साझा उम्मेदवारको रूपमा र असल नेताको रूपमा चिनेका छन्। वासुदेव घिमिरे जस्ता नेता देसमा अझै अरू पनि आवश्यक परेको भन्दै आफ्नो क्षेत्रमा कुनै हालतमा जिताउन लागि पर्ने जनमानसको धारणा पाइन्छ भने यता घिमिरे पनि सुरुमा आफ्नो क्षेत्र छोड्नु पर्दा केही निराश जस्ता देखिए पनि रूपन्देही क्षेत्र नं –५ का जनताले आफूलाई गरेको व्यवहार र सहयोग देखेर अचम्म परेका छन् र तिलोत्तमामा आफूले गरेका सकारात्मक कामको चर्चा उनीहरूकै मुखबाट सुन्दा मख्ख परेका छन्।
राम्रो काम र नराम्रो काम जे गरे पनि त्यसको चर्चा जहाँ पनि पुग्दो रैछ भन्ने बुझेका घिमिरेले आफूले जितेर यो क्षेत्रलाई पनि तिलोत्तमा नगरपालिका जस्तै देसभरकै उत्कृष्ट बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । विगतमा यो क्षेत्रबाट पटक पटक चुनाव जितेका नेताले क्षेत्रलाई देशमा चिनाउने गरी एउटा पनि काम नगरेको भन्दै क्षेत्रबासीहरु असन्तुष्ट छन् । यतिबेला रुपन्देही ५ का जुनसुकै दलमा आस्था राख्ने मतदाताले यसपटक नयां र भिजनरी उम्मेदवार बासुदेवलाई नै जिताउने वाचा गरेका छन् ।

स्थानीय तह चुनावमा पाएको मत हेर्दा पनि रूपन्देही ५ मा एमाले नै सबैभन्दा बलियो छ । त्यसमाथि राप्रपा र जसपाको साथ भएकाले बासुदेवको जितलाई कसैले रोक्न सक्ने देखिन्न । स्थानीय तहमा एमालेका वडाध्यक्षहरुले २७१४५, कांग्रेसका वडाध्यक्षहरुले २६८८८, जसपाका का वडाध्यक्षहरुले ९३३७, जनमत पार्टीका का वडाध्यक्षहरुले ५६५६, माओवादीका वडाध्यक्षहरुले ४६२५, लोसपाका का वडाध्यक्षहरुले ३५५६, राप्रपाका का वडाध्यक्षहरुले २८१३ र नेकपा एसका का वडाध्यक्षहरुले ११६३ मत पाएका थिए । यस आधारमा बासुदेवको पक्षमा ३९ हजार ३०४ मत हुन आउंछ भने कांग्रेसको पक्षमा ३५ हजार ५९ मत हुन आउंछ ।

आफ्नै पार्टीभित्रका केही अशन्तुष्टिहरू पनि घिमिरेको ओजले गर्दा साम्य भएका छन् भने अन्य पार्टीका नेता तथा कार्यकर्ताहरूले पनि भित्रभित्रै घिमिरेको विजयको लागि पहल गरेको देखिएको छ। हाम्राले होइन राम्राले जित्नुपर्छ भन्ने भावना प्रबल बन्दै गएको रूपन्देही क्षेत्र नं –५ मा घिमिरेको चहलपहलले अरू ओझेलमा पर्दै गएको महसुस धेरैले गर्न थालेका छन्।

यसर्थ अब रुपन्देही ५ का जुनसुकै दलमा आस्था राख्ने मतदाताले पनि रुपन्देही ५ लाई तिलोत्तमा जस्तै देशमै उत्कृष्ट क्षेत्र बनाउन बासुदेवलाई नै रोज्ने भित्रभित्रै प्रण गरेका छन् । त्यसको नतिजा मंसिर ४ मा जनताले देखाईदिनेमा कुनै शंका छैन ।


प्रकाशित : २०७९ कार्तिक १५, मंगलवार १३:३७

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा

मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै

भर्खरै

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech