रुपन्देहीको सैनामैना नगरपालिका वाड न ५ बुद्ध नगरमा विभिन्न पाटी परित्याग गरि एमालेमा प्रवेश गरेका छन ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य रुपन्देही क्षेत्र न ५ प्रदेश सभाका उमेदवार भुमिश्वर ढकाल विशिष्ट अतिथि जिल्ला उप सचीव चित्र बहादुर कार्की र क्षेत्र न ५ प्रतिनिधि सभा उमेदवार बासुदेव घिमिरे ले ५१ जना लाई टीका लगाइ एमाले पाटिमा प्रवेश गराएको नेकपा एमाले सैनामैना नगर कमिटी सह सचीव लेखनाथ खनालले जानकारी दिनु भयो। कार्यक्रमका प्रमुख अतिथि भुमिश्वर ढकालले सत्तामा भएर नि एमाले संग धेरै दल मिलेर मात्रै चुनाव लढने आँट गरेको भन्दै क्षेत्र न ५ मा एमाले जित सुनिश्चित गर्न आम जनता जाग्नु पर्ने समय आएको र बिकास को आधार जनता लाई भोट हाल्न अनुरोध गर्नु भयो।
यस्तै नेकपा एमाले जिल्ला सह सचीव चित्र बहादुर कार्की र क्षेत्र न ५ का प्रतिनिधि सभा उमेदवार बासुदेव घिमिरेले अहिले को अबस्थामा नेकपा एमाले विकल्प अन्य पाटी नरहेको भन्दै एमाले पाटिको सरकार दीर्घकालीन कामको सुरुवात गरेको बताउदै जनताको चाहा अनुसार आफुहरुले काम गर्ने भनाइ राख्दै नेपालमै पहिलो सैनामैना चक्रपथले यहाँ जनताको जीवन् स्तरमा परिवर्तन लिएको भन्दै बाकि रहेका काम पूरा गर्न एमालेलाई भोट हाल्न र सहि समयमा एमाले पाटी रोजेकोमा धन्यवाद दिनुभएको थियोे कार्यक्रममा स्थानीय पाटी प्रवेश कार्यक्रममा राजु थारु र सोही घर्तीले आफुहरु किसान भएकोले आफ्नो क्षेत्रमा एमाले पाटिले बिकासको लागि महत्त्वपूर्ण काम गरेको ले किसान हरुलाइ आवश्यक बाटो बिद्धुत खानेपानी चाहिने हुदा आफुहरु कसैको आग्रह नभै आफ्नै राजी खुसी एमाले पाटिमा प्रवेश गरेको बताए ।।



प्रकाशित : २०७९ कार्तिक १६, बुधबार १४:२०
















