ताजा अपडेट

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बाणगंगाले गर्यो छाडाचौपाया व्यवस्थापनको लागी पौडेलको संयोजकत्वमा समिति गठन

Lumbini Darpan 1 २०८० आश्विन २५, बिहीबार ११:४१
[sharethis-inline-buttons]

लुदअ,जितपुर ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले छाडाचौपाया व्यवस्थापनको पहल थालेको छ । नगरकार्यपालिकाको बैठकबाटै एक समिति गठन गरी छाडाचौपाया व्यवस्थापनको पहल थालिएको हो । बैठकले नगर प्रवक्ता विष्णु प्रसाद पौडेलको संयोजकत्वमा ९ सदस्यीय छाडाचौपाया व्यवस्थापन समिति गठन गरेको छ । जसको सदस्यहरूमा जनप्रतिनिधि बाट बाणगंगा वडा नंं ६ का वडा अध्यक्ष करुण टण्डन, वडा नंं ८ का वडा अध्यक्ष बाबुराम अर्याल र वडा नंं ९ का वडा अध्यक्ष कमल प्रसाद पौडेल रहेका छन् । कार्यपालिका सदस्यबाट पिताम्बर सुनार र पार्वती सुनार रहेका छन् ।

त्यस्तै कर्मचारीबाट प्रशासन शाखा प्रमुख केशब भट्टराई सदस्य सचिव रहने गरी पशु विकास शाखा प्रमुख राजकुमार तिवारी, आर्थिक प्रशासन शाखा प्रमुख रहने गरी समिति गठन गरिएको हो । यो समितिले छाडा चौपाया व्यवस्थापन काम गर्ने जनाइएको छ । यसअघि छाडाचौपाया व्यवस्थापनका लागि नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले यसै आर्थिक वर्ष भित्र अल्पकालीन तथा दीर्घकालीन समाधान गरिने बताएका थिए । नगरवासीका मुख्य समस्याको रुपमा रहेको छाडा चौपायाको व्यवस्थापन जसरी पनि गरिने छ, उनले भनेका छन् ।

यता तीन पाङग्रे अटो तथा इ– रिक्सा व्यवस्थापनका लागी वडाध्यक्ष रेश्मीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । नगरपालिकाले वडा नंंं ४ का वडा अध्यक्ष छवि रेश्मीको संयोजकत्वमा ७ सदस्यीय तिन पाङ्ग्रे अटो तथा इ– रिक्सा व्यवस्थापन समिति गठन गरेको छ । जसको सदस्यमा जनप्रतिनिधिका तर्फबाट वडा नंं १ का वडा अध्यक्ष सन्जु सारू मगर, वडा नंं८ का वडा वडा सदस्य शारदा परियार रहेका छन् ।

यस्तै कर्मचारीको तर्फबाट सदस्य सचिव रहने गरी राजस्व शाखा प्रमुख मदन घिमिरे, वाणगंगामा रहेका ई रिक्सा समितिका दुईजना सदस्य तथा ट्राफिक एकजना रहेका छन् । संयोजक रेश्मीले तीन पाङ्ग्रे अटो तथा इ– रिक्सा व्यवस्थापनमा समितिले कामको थालनी गर्ने बताए । उनले भने “अटो तथा इ– रिक्साको पार्किङ व्यवस्थापन गर्ने, यात्रुहरू ठगिनबाट जोगाउन सचेतना गर्ने, दुर्घटना न्यूनिकरणमा समेत यो समितिले काम गर्ने छ ।”
यस्तै बाणगंगा वडा नं. ९ मा सर्पले डसेर एकै घरका दुई दिदीबहिनीले ज्यान गुमाएका परिवारलाई नगरपालिकाले राहत प्रदान गर्ने भएको छ । नगरे राहत स्वरुप उनीहरूको परिवारलाई रु ३५ हजार प्रदान गर्ने भएको छ । बुधवार बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

वडा नम्बर ९ को भलवाड जिनुवास्थित मोतिलाल क्षेत्रीका छोरीहरू ३ वर्षीया रितिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई असोज १६ गते राति सर्पले डसेको हो । उनीहरु दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।


प्रकाशित : २०८० आश्विन २५, बिहीबार ११:४१

Lumbini Darpan 1

लेखकबाट थप

  • सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र
  • संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी
  • गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ
  • विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन
  • पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि
प्रतिक्रिया

यो पनि पढौँ

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

भर्खरै

  • सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

  • संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

  • गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

  • विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

  • पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

  • बजारमा केराको हाहाकार, कालीमाटीले मूल्यसूची राख्नै छाड्यो

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech