ताजा अपडेट

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

Lumbini Darpan 1 २०८३ जेष्ठ २९, शुक्रबार १५:१९
[sharethis-inline-buttons]

लुदस,जितपुर । सरकारले सरकारी विज्ञापन वितरणमा लगाएको रोक तथा सञ्चार क्षेत्रप्रति बढ्दो असहज वातावरणको विरोध गर्दै नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले बिहीबार जिल्ला प्रशासन कार्यालय, तौलिहवामा धर्ना कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल पत्रकार महासंघको केन्द्रीय आह्वानअनुसार देशव्यापी रूपमा सञ्चालित आन्दोलन अन्तर्गत आयोजित उक्त कार्यक्रममा जिल्लाका अग्रज तथा क्रियाशील पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। धर्नामा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसाल, महासंघका निवर्तमान लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, कपिलवस्तु शाखाका निवर्तमान अध्यक्ष किरणमान बज्राचार्य सहित महासंघका पदाधिकारी, सञ्चारकर्मी तथा प्रेस क्षेत्रसँग आबद्ध व्यक्तिहरू सहभागी भएका थिए।
धर्नाका क्रममा सहभागी पत्रकारहरूले “सञ्चारकर्मीको पेशागत सुरक्षा कायम गर”, “प्रेस विरोधी सरकारी निर्णय फिर्ता गर”, “अभिव्यक्ति स्वतन्त्रतासहितको संवैधानिक अधिकारको ग्यारेन्टी गर” लगायतका सन्देश अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भका रूपमा रहेको स्वतन्त्र प्रेसमाथि कुनै पनि प्रकारको नियन्त्रण वा दबाब स्वीकार्य नहुने स्पष्ट सन्देश दिएका छन्।
संचारकर्मीहरूले सरकारी विज्ञापनमा लगाइएको रोकले विशेषगरी मोफसलका सञ्चारमाध्यमलाई प्रत्यक्ष असर पार्ने बताएका छन्। उनीहरूको भनाइमा स्थानीय सञ्चारमाध्यमहरू आर्थिक रूपमा कमजोर बन्दै गएको अवस्थामा सरकारी विज्ञापन कटौतीले सूचना प्रवाहको अधिकार र स्वतन्त्र पत्रकारितामाथि गम्भीर असर पु¥याउन सक्छ। यसले लोकतान्त्रिक मूल्य, नागरिकको सूचनाको हक तथा प्रेस स्वतन्त्रतामाथि नै चुनौती सिर्जना गर्ने चेतावनी समेत उनीहरूले दिएका छन्।
पत्रकार महासंघले सरकारले प्रेसमैत्री वातावरण निर्माण गर्नुको सट्टा सञ्चार क्षेत्रलाई कमजोर बनाउने खालका निर्णयहरू गर्दै गएको आरोप लगाएको छ। महासंघले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारको पूर्ण कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।
सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाहरूले समेत सरकारका पछिल्ला निर्णयप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनलाई निरन्तरता दिएका छन्। महासंघले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने र सञ्चार संस्थाहरूको अस्तित्वमाथि असर पार्ने कुनै पनि निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गर्दै माग सम्बोधन नभए आन्दोलन थप सशक्त बनाइने चेतावनी दिएको छ।
लोकतन्त्रको निगरानीकर्ता र नागरिक आवाजको माध्यमका रूपमा रहेका सञ्चारमाध्यमलाई कमजोर बनाउने कुनै पनि कदम अन्ततः लोकतन्त्रकै हितविपरीत हुने भन्दै सहभागीहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई पुनः ध्यानाकर्षण गराएका छन्।


प्रकाशित : २०८३ जेष्ठ २९, शुक्रबार १५:१९

Lumbini Darpan 1

लेखकबाट थप

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा
  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल
  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै

सरकार सामाजिक सञ्जालमा अल्झियो : भीष्मराज आङदेम्बे

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

भर्खरै

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

  • महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

  • प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech