ताजा अपडेट

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगङ्गा पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका तथा जङ्क फुडमुक्त विद्यालय क्षेत्र घोषणा

Lumbini Darpan 1 २०८३ असार १६, मंगलवार ११:३०
[sharethis-inline-buttons]

लुदस, जितपुर। बाणगङ्गा नगरपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका (दिगोपना), पोषणमैत्री स्वास्थ्य संस्था (दिगोपना) तथा अस्वस्थकर (जङ्क फुड) मुक्त विद्यालय क्षेत्र घोषणा गरिएको छ।

बाणगङ्गा नगरपालिकाको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो।
उक्त अवसरमा कपिलवस्तु जिल्लालाई पूर्णखोप तथा दिगोपन सुनिश्चित जिल्ला समेत घोषणा गरिएको छ। १५ देखि ६० महिनाभित्रका सबै बालबालिकालाई नियमित खोपको पहुँचमा पुर्‍याएपछि जिल्लालाई पूर्णखोप तथा दिगोपन सुनिश्चित जिल्ला घोषणा गरिएको हो। सो अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी घिमिरेले पूर्णखोप तथा दिगोपन सुनिश्चित जिल्लाको प्रमाणपत्र जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य तथा स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकाललाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वास्थ्य मन्त्री घिमिरेले मातृ तथा शिशु स्वास्थ्य सुधार, पोषण प्रवर्द्धन, पूर्णखोप सुनिश्चितता तथा विद्यालय तहदेखि स्वस्थ जीवनशैलीको विकासका लागि स्थानीय तहले सञ्चालन गरेका अभियानहरू उदाहरणीय रहेको बताए। उनले यस्ता अभियानलाई दिगो रूपमा कार्यान्वयन गर्न स्थानीय सरकार, स्वास्थ्यकर्मी, विद्यालय, अभिभावक तथा समुदायबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य विष्णु पन्थी, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, बाणगङ्गा नगरपालिकाकी उपप्रमुख रीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकाल,  वडाध्यक्ष, पत्रकार तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नगरपालिकाले सुरक्षित मातृत्व, संस्थागत प्रसूति सेवा, पोषण सुधार, पूर्णखोप सुनिश्चितता तथा विद्यालय क्षेत्रमा अस्वस्थकर (जङ्क फुड) खानेकुराको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनपछि उक्त घोषणा गरिएको जनाएको छ।
कार्यक्रममा सहभागीहरूले स्वस्थ, पोषणमैत्री, पूर्णखोप सुनिश्चित र सुरक्षित समाज निर्माणका लागि यस्ता अभियानलाई निरन्तरता दिँदै सबै तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।


प्रकाशित : २०८३ असार १६, मंगलवार ११:३०

Lumbini Darpan 1

लेखकबाट थप

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न
  • भविष्यको खोजीमा मेरो यात्रा
  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन
  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले
  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै
प्रतिक्रिया

यो पनि पढौँ

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech