बनगाई। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनगाई क्षेत्रमा आज दुई यात्रुबाहक बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पतालमा भर्ना गरिएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
इलाका प्रहरी कार्यालय,पिपराका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ९८७६ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ९०७७ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।




















