ताजा अपडेट

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

लुम्बिनी दर्पण २०८३ असार २८, आईतवार २२:२०
[sharethis-inline-buttons]

मोहन बेल्वासे/कपिलवस्तु

सहकारी क्षेत्रप्रति पछिल्लो समय विभिन्न नकारात्मक टिप्पणी र बहस भइरहेका बेला कपिलवस्तुको बाणगंगा नगरपालिका–६ लक्ष्मणघाटस्थित कृषि तथा पशु बहुउद्देश्यीय सहकारी संस्था भने किसानको भरोसाको केन्द्रका रूपमा स्थापित भएको छ। कृषि र पशुपालनमा आबद्ध किसानलाई संगठित गर्दै उत्पादन, बचत, ऋण, बजारीकरण तथा उद्यम विकासमा निरन्तर साथ दिँदै आएको यो सहकारी ग्रामीण अर्थतन्त्रको सशक्त आधार बनेको छ।

सानो–सानो बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै किसानलाई आवश्यक परेको बेला सहज ऋण उपलब्ध गराउने, कृषि तथा पशुजन्य उत्पादनको संकलन र बजारीकरण गर्ने तथा विभिन्न उद्यमशील कार्यक्रम सञ्चालन गर्ने कार्यले सहकारीले स्थानीय किसानको आर्थिक अवस्था सुधार्न उल्लेखनीय योगदान पुर्‍याएको छ।

सहकारीका अध्यक्ष चन्द्रमणि क्षेत्रीका अनुसार संस्थाले बचत तथा ऋण लगानीसँगै दूध संकलन तथा बिक्री, पशु दाना बिक्री, अनुदान कार्यक्रम, मासिक बाल ऐच्छिक बचत, गाई पकेट कार्यक्रम, बाली विकास तथा अन्य किसानमैत्री कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमले कृषकको उत्पादन वृद्धि मात्र होइन, आयआर्जनमा समेत सकारात्मक प्रभाव पारेको उनको भनाइ छ।

सहकारीका उपाध्यक्ष रामचन्द्र मरासिनीले सहकारीको मूल उद्देश्य किसानलाई व्यावसायिक कृषि तथा पशुपालनतर्फ उन्मुख गराई उत्पादन बढाउने र सदस्यको आर्थिक अवस्था सुदृढ बनाउनु रहेको बताए। उनका अनुसार ग्रामीण क्षेत्रका किसानलाई आत्मनिर्भर बनाउन आधुनिक कृषि प्रविधि, पशुपालन तथा उद्यम विकाससम्बन्धी विभिन्न तालिमसमेत नियमित रूपमा सञ्चालन हुँदै आएको बताए ।

मरासिनीका अनुसार सहकारीले कृषककै स्वामित्वमा पशुपन्छीका लागि प्लेट दाना उद्योग सञ्चालन गर्ने सबै प्रक्रिया पूरा गरिसकेको भए पनि आर्थिक स्रोत अभावका कारण उद्योग सञ्चालनमा आउन नसकेको दुखेसो व्यक्त गरे। आवश्यक लगानी जुट्न सकेमा यसले स्थानीय किसानलाई अझ बढी प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।

देशभर केही सहकारीमा देखिएका समस्या र आर्थिक मन्दीका कारण वित्तीय क्षेत्रमा चुनौती देखिए पनि यस सहकारीले भने सदस्यको विश्वास कायम राख्दै नियमित सेवा प्रवाह गरिरहेको छ। सहकारीप्रतिको पारदर्शिता, सदस्यमुखी कार्यक्रम र उत्पादनमा आधारित लगानीका कारण संस्थाले ग्रामीण क्षेत्रमा सकारात्मक उदाहरण प्रस्तुत गरेको स्थानीयहरूको भनाइ छ।

नेपाल सरकारको तीन खम्बे अर्थनीतिमध्ये सहकारी एक महत्वपूर्ण आधार मानिन्छ। यही अवधारणालाई व्यवहारमा उतार्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी संस्थाले तरकारी खेती, दुग्ध उत्पादन, गाईपालन, कुखुरापालन तथा साना उद्यममा आबद्ध किसानलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ। विशेषगरी गृहिणी महिलालाई बचत, साना लगानी र आयआर्जनका कार्यक्रममा जोडेर आर्थिक रूपमा सबल बनाउने अभियान पनि प्रभावकारी रूपमा अघि बढाइएको छ।

कृषकको उत्पादनलाई बजारसँग जोड्ने, स्वरोजगार सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने सहकारीको यो अभ्यासले सहकारीप्रति बढ्दै गएको अविश्वासका बीच पनि राम्रो काम गर्ने संस्थाहरू अझै किसानका सच्चा सारथी बन्न सक्ने सन्देश दिएको छ।


प्रकाशित : २०८३ असार २८, आईतवार २२:२०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

भर्खरै

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

  • १५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

  • बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech