हरि आचार्य, कपिलवस्तु
बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने भएको छ । कपिलवस्तु जिल्लामा रहेका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको प्रचार प्रसार, वातावरणमैत्री यातायातको प्रवद्र्धन तथा स्वस्थ जीवनशैलीको सन्देश फैलाउने उद्देश्यले उक्त साइकल यात्रा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।
प्रथम साईकल यात्रा सम्पन्न गरिसकेको बाणगंगा राईडर्स क्लवले यस बर्ष पनि बाणगंगा सहित कपिलवस्तुका बुद्धकालिन सम्पदाहरुको प्रवद्र्धनका लागि ४ सय जना साइकल यात्री सहित ७० किलोकिटर साइकल यात्रा गर्ने कार्यक्रम संयोजक हरि प्रसाद घिमिरेले बताउनुभयो ।

साइकल यात्रा मार्फत यस जिल्लाका पर्यटकीय गन्तब्यहरुको पहिचान, सामाजिक एकता, युवाहरुमा सकारात्मक सोंचको विकास तथा वातावरण संरक्षण प्रतिज जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको क्लवका अध्यक्ष बिष्णु प्रसाद सापकोटाले बताउनुभयो ।

चार नम्बर जितपुर चोकबाट सुरु गरिने साईकल यात्राका भावि दिनमा हुन सक्ने उर्जा संकट र वायु प्रदुषणलाई मध्यनजर गर्दै साईकल संस्कृतिको विकास गर्ने, ८ दिर्घरोगहरू (मधुमेह, मोटोपना, मुटु सम्बन्धि रोग, प्रेशर लगाएत वाट बच्न साइकल चलाउनु पर्छ भन्ने कुराको जनचेतना अभिवृद्धि गर्ने, आणगंगा नगर सहित कपिलवस्तु जिल्ला भित्र रहेका ऐतिहासिक, धार्मिक, तथा बुद्धसँग सम्बन्धित सम्पदाहरू अवलोकन, प्रचार प्रसार र पर्यटन पर्वधन गर्ने, स्वस्थ तथा साधारण जीवनशैली र स्वच्छ पर्यावरणका लागि जिल्ला वासीमा सचेतना जगाउने, नगरको आर्थिक विकासमा टेवा पुयाउने, स्थानीय युवाहरूलाई लागु औषध जस्ता सामाजिक समस्याबाट बचाउन साइक्लिङ्ग तर्फ आकर्षित गराई सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्ने जस्ता उद्देश्यहरु रहेको आयोजकले बताएको छ ।
दोस्रो बाणगंगा साइकल यात्रा– २०८३ सव्य, भव्य तथा व्यवस्थित रुपमा सम्पन्न गर्न ५ सदस्यीय मुल आयोजक समिति तथा १० वटा विषयगत उप समिति गठन गरिएको छ ।
क्लवका अध्यक्ष बिष्णु प्रसाद सापकोटाको अध्यक्षता, सचिव राम चन्द्र बेल्बासेको संचालनमा रहेको पत्रकार सम्मेलनमा क्लवका सल्लाहकार, सदस्य तथा सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।





















