ताजा अपडेट

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

राजनीतिक बिवाद र महामारीको त्रासकाबीच अन्त्य वि.स. २०७६ साल

लुम्बिनी दर्पण २०७६ चैत्र ३०, आईतवार १६:२८
[sharethis-inline-buttons]

अक्कल कुँवर, ३० चैत

विभिन्न उतारचढाबकाबीच आइतबार मध्यरातीबाट २०७६ साल बिदा भएर नयाँ वर्ष २०७७ साल सुरु हुँदैछ । २०७६ सालमा मुलुकको राजनीतिमा देखिएका केही परिदृष्य अर्थपूर्ण छन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सट्टा ‘मेरो’ सरकार भनेर सम्बोधन गरेपछि उत्पन्न राजनीतिक विवादसंगै सुरु भएको २०७६ साल राजनीतिक विवाद र विश्वव्यापी महामारीको त्राससंगै अन्त्य भएको छ ।

बर्षको मध्यदेखि मुलुकको राजनीतिमा चर्चायोग्य घटना हुन पुगे । जुन सकारात्मक र नकारात्मक दुवै छन् । असोज महिनामा सभामुख कृष्णबहादुर महरालाई यौनजन्य दुव्र्यवहारको आरोप लाग्यो ।

आरोपसंगै सभामुख पदबाट राजीनामा दिनुपर्‍यो तर १ सय ३३ दिनपछि उहाँले सफाइ पाए । महराको राजीनामापछि सत्तारुढ दलभित्रको लामो रस्साकस्सीबीच नेकपाकै सांसद अग्निसापकोटा सभामुखमा निर्वाचित हुन् । असोज महिनाको अन्तिमतिर चीनका राष्ट्रपति सि चिन फिङले नेपालको भ्रमण गरे ।

२३ वर्षपछि उत्तरी छिमेकी राष्ट्रका राष्ट्र प्रमुखले गरेको २ दिने नेपाल भ्रमण राजनीतिक, मुलुकको आर्थिक समृद्धि र द्धिपक्षीय सम्बन्ध विस्तारमा निकै महत्वपूर्ण रह्यो । यो बर्ष भ्रष्टाचारको विषयले निकै चर्चित रह्यो ।

वाइडबडी, न्यारोवडी खरिद प्रकरण, बालुवाटारस्थित ललित निवास जग्गा प्रकरण र कौडीको भाउमा सरकारी जमिन नीजि कम्पनी गोकर्ण रिसोर्ट यती होल्डिङ कम्पनीलाई लिजमा दिएको विषय विवादित बन्यो । तर सरकारले यसको बचाउ गरिरह्यो ।

एनसेल लाभकर र कोरोना संक्रमण रोकथामको लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदमा पनि भ्रष्टाचारको शंकाभन्दा बाहिर रहन सकेनन् । यद्यपि एनसेलले वर्षको अन्त्यमा लाभकर चुक्ता गरेको छ । यस्तै, वर्षको अन्त्यतिर भ्रष्टाचार प्रकरणमा मुछिएर तत्कालिन संञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए ।

यो बर्ष अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९ एमसीसी० सम्झौता पनि चर्चामा रह्यो । सत्तारुढ दलभित्रकै विवादले सम्झौता संसदबाट पारित हुन सकेन । यही बर्ष प्रधानमन्त्री ओलीले दोस्रो पटक मृगौला प्रत्यारोपण गरे । उनको अधिकांश समय अस्पतालमा बित्यो ।

राजनीतिमा दलहरुबीच एकता हुनेक्रम पनि जारी रह्यो । २ समुहमा विभाजित पूर्वपञ्चहरुको पार्टी राप्रपाबीच एकता भयो भने यसै वर्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीबीच एकता भयो । यो वर्ष नेपालमा १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० भव्य रुपमा सम्पन्न भयो ।

सरकारले २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण वर्षको सुरुवात गरेपनि बीचमै स्थगित गर्नुपर्‍यो । यसै वर्ष सरकारले सातै प्रदेशका प्रदेश प्रमुख बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख तोक्यो जुन विवादरहित हुन सकेन । सत्तारुढ नेकपा र प्रतिपक्षी काँग्रेसभित्र पनि आन्तरिक संघर्ष चलिनै रह्यो । वर्षको अन्त्यमा फैलिएको कोरोना संक्रमणको महामारीले सबैलाई चिन्तित बनाएको छ ।

यसैबीच सत्तारुढ दल नेकपाकै शीर्ष नेतृत्वबाट प्रस्तावित कारोना भाइरस नियन्त्रणको लागि उच्चस्तरिय राजनीतिक संयन्त्र गठनको विषयले मुलुकको राजनीति ताकेको छ । यसरी हेर्दा राजनीतिक बहस र विवादकाबीच सुरु भएको २०७६ साल राजनीतिक बिवाद, बहस र महामारीको त्रासकाबीच अन्त्य भएको छ ।

                                  imagekhabar.com बाट साभार


प्रकाशित : २०७६ चैत्र ३०, आईतवार १६:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
  • बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष पराजुली
प्रतिक्रिया

यो पनि पढौँ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

भर्खरै

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech