ताजा अपडेट

अदालतको फैसला कार्यान्वयनमा स्वास्थ्य मन्त्रालयको आलटाल

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा

लुम्बिनी दर्पण २०८३ जेष्ठ १०, आईतवार १७:३३
[sharethis-inline-buttons]

 

लुदस, जीतपुर
कपिलवस्तु नगरपालिका–९ जग्दिशपुर क्षेत्रमा सामुदायिक विद्युत वितरण संस्थाको लापरबाहीका कारण किसानहरू चरम सास्तीमा परेका गुनासो छन् । अत्याधिक गर्मीका बेला सिंचाइ, दुग्ध चिस्यान र दैनिक उपभोगका उपकरण नै सञ्चालन हुन नसक्ने गरी लो–भोल्टेज समस्या बढेपछि स्थानीय आक्रोशित बनेका छन् ।

सामान्यतया २२० भोल्ट आवश्यक पर्ने स्थानमा अहिले १२० देखि १४० भोल्ट मात्र विद्युत आपूर्ति भइरहेको स्थानीयको गुनासो छ । कमजोर भोल्टेजका कारण मोटर नचल्ने, पानी तान्न नसक्ने, फ्रिज तथा चिस्यान केन्द्र बन्द हुने अवस्था सिर्जना भएको छ । यसको प्रत्यक्ष असर किसानको उत्पादन र आम्दानीमा परेको छ ।

साना किसान कृषि सहकारी संस्था जग्दिशपुरका व्यवस्थापक बसन्त मुराउका अनुसार लो–भोल्टेजका कारण दूध तथा दुग्धजन्य पदार्थ पटक–पटक बिग्रिने गरेको छ । “किसानले उत्पादन गरेको दूध जोगाउनै कठिन भएको छ, उपकरण नै चल्दैनन्,” उनले भने ।

स्थानीयले पटक–पटक सामुदायिक विद्युत वितरण संस्थामा समस्या समाधानको माग गरे पनि कुनै सुनुवाइ नभएको आरोप लगाएका छन् । बाध्य भएर उनीहरूले जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरणलाई समेत बोधार्थसहित ध्यानाकर्षण गराएका छन् ।

यता संस्थाका अध्यक्ष अब्दुल रसिद खाँले भने दुई वर्षअघि नै भोल्टेज सुधारका लागि साझेदारी कार्यक्रमअन्तर्गत ४ लाख रुपैयाँ जम्मा गरिएको दाबी गरेका छन् । तर सरकारी ढिलासुस्तीका कारण हालै मात्र ठेक्का प्रक्रिया अघि बढेको उनको भनाइ छ ।

ठेक्का पाएको अनु विकल्प कन्ट्रक्सन एण्ड सप्लायर्सका सञ्चालक नारायण लम्सालले चैत्र महिनामै सम्झौता भए पनि तार अभावका कारण काम सुरु गर्न नसकिएको लुम्बिनी दर्पणलाई बताए । उनले असोजसम्म म्याद रहे पनि असार मसान्तभित्र काम सक्ने लक्ष्य रहेको दाबी गरे ।

तर स्थानीयवासी भने संस्थाले सेवा सुधारभन्दा जग्गा खरिदमा बढी ध्यान दिएको आरोप लगाउँछन् ।वर्षौदेखि  किसानको समस्या जस्ताको तस्तै छ,” एक स्थानीयले गुनासो गरे ।

चर्को गर्मीमा विद्युतको गुणस्तर खस्किँदा किसानको खेती, पशुपालन र दैनिक जीवन नै प्रभावित बनेको छ । सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम नचाले समस्या थप गम्भीर बन्ने स्थानीयको चेतावनी छ ।


प्रकाशित : २०८३ जेष्ठ १०, आईतवार १७:३३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
प्रतिक्रिया

यो पनि पढौँ

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै

जबराको हिरासत प्रकरण : एसएसपी खड्का आयोगमा, करिब एक घण्टा बयान

पिपरा कोठी सामुदायिक वनको १७औँ साधारण सभा : ३ करोड ३६ लाखको बजेट प्रस्तुत

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

भर्खरै

  • अदालतको फैसला कार्यान्वयनमा स्वास्थ्य मन्त्रालयको आलटाल

  • प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

  • मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

  • पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

  • नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

  • ३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

  • वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

  • एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

  • देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

  • अधुरो सपनाको यात्रा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech