काठमाडौं ,बैशाख ७
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।बैठक केही समयअघि सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक राजनीति विषयबारे छलफलहुने जानकारी दिइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा लगातार लागिपरेका छन्।
यसअघि सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो। सोमबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हठातमा संसदको हिउँदे अधिवेसन अन्त्य गरेपछि माओवादी केन्द्रले अन्य दलसँग छलफल गर्नुपर्ने भन्दै बैठक स्थगित गरेको थियो।




















