७ जना जन्ती लिएर कांग्रेस नेता कृष्ण सिटौलाले गरे छोराको विवाह

[sharethis-inline-buttons]

लुदअ बैशाख १५,
सरकारले लगाएको लकडाउनमै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो छोरा श्याम सिटौलाको विवाह गरेका छन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लागि सरकारले २५ जनाभन्दा बढी भेला हुने कुनै पनि कार्यक्रम नगर्न निर्णय गरिसकेको छ। सरकारको निर्णयबमोजिम नै भद्रपुर निवासी कांग्रेस नेता सिटौलाले छोरा श्यामको विवाह बिर्तामोड निवासी ओमकृष्ण बिमलीको जेठी छोरी मनीषा विमलीसँग आइतबार दिवालग्नमा विवाह सम्पन्‍न गरेको छ।

नेता सिटौला राष्ट्रियस्तरमा परिचित राजनीतिक व्यक्तित्व भएकोले उनको छोराको विवाहको जन्तीमा मन्त्री, विशिष्ट नेता, प्रभावशाली व्यक्तित्वहरू र कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता हुने निश्चित थियो। तर, नेता सिटौलाले लकडाउनको पालना गर्दै बेहुला छोरा श्याम र आफ्ना दुई अंगरक्षक र अन्य तीनजना गरी ७ जना मात्र जन्ती लिएर गएका थिए।


प्रकाशित : २०७७ बैशाख १५, सोमबार ०९:०१