कपिलवस्तुमा लकडाउनको पुर्ण पालना गरी उद्योग संचालन गर्न दिईने, चालु योजना पनि सुचारु हुने

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, १६ बैशाख

लकडाउनको पुर्ण पालना गरी आफना मजदुरलाई उद्योग मै राख्ने ब्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग संचालन गर्न दिने निर्णय गरिएको छ । सामाजिक दुरी, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको ब्यवस्था गरी उद्योग संचालन गर्ने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालयद्धारा लकडाउन र त्यसले पारेको असरका बिषयमा संघीय सांसद तथा प्रदेश सदस्य, ब्यापारी, निर्माण ब्यवसायी र सचारकर्मी र जिल्ला सुरक्षा निकायका प्रमुख बिच राखिएको बैठकले सो निर्णय गरेका हो । सिमामा थप कडाई र लकडाउनको पुर्ण पालना गरी खाद्यान्न र तरकारी सहज ओसापोसारकालागि प्रशासनले पास उपलब्ध गराउने निर्णय भएको प्रजिअ दीर्घ नारायण पौडेलले बताए ।

संघीय र प्रदेशक स्तर तथा पालिकाहरुद्धारा जारी रहेको आयोजनाहरुलाई समेत सुचारु गर्न दिने निर्णय भएको छ । कपिलवस्तुका सांसदहरुले लकडाउन लम्बिदै जाँदा जिल्लाको सामान्य आर्थिक गतिविधीलाई चलायमान बनाउनुपर्ने सुझाव दिएका थिए । सांसदहरुले कृषि, विकास निर्माण र आर्थिक गतिविधिलाई सुचारु गर्नुपर्ने बताएका थिए । लकडाउनका कारण कोरोना भाइरसको संक्रमण रोकथाम हुदै गएकाले भारतीय सिमा नाकालाई अझ कडाई गरेर निगरानी बनाउनुपर्ने सांसदहरुले जोड दिएका छन् । उनीहरुले सिमा सुरक्षामा विशेष ध्यान दिदै उच्च सतर्कता अपनाउनुपर्ने बताए ।

सिमा नाकामा भारतीय गाडी नेपाल प्रवेश गर्दा कोरोना संक्रमण फैलन सक्ने बताउदै स्वास्थ्य परिक्षण सहितका आवश्यक सावधानी अपनाउनु पर्ने बताइएको छ । लकडाउनकै समयमा सामाजिक दुरी कायम राख्दै खेतीपातीको समय शुरु भएकाले कृषि उत्पादकत्व, जिल्लाको तरकारी विक्री वितरणमा सहज र अधुरा विकास निर्माणका कार्यलाई अघी बढाउनुपर्ने बताइएको छ । स्थानीय स्तरमा विकास निर्माणका गतिविधिलाई स्थानीय स्तरमा रहेका मजदुरको प्रयोग गरी आर्थिक गतिविधि बढाउन सहज हुने समेत बताएका थिए ।

लकडाउनका बेला हालसम्म प्रशासनले अति आवश्यक कामका लागि ७ सय पास जारी गरेको छ । लकडाउनका कारण कोरोना भाइरसको संक्रमण रोकथाम हुदै गएकाले भारतीय सिमा नाकालाई अझ कडाई गरेर निगरानी बनाउनुपर्ने सांसदहरुले जोड दिएका छन् । उनीहरुले सिमा सुरक्षामा विशेष ध्यान दिदै उच्च सतर्कता अपनाउनुपर्ने बताए । सिमा नाकामा भारतीय गाडी नेपाल प्रवेश गर्दा कोरोना संक्रमण फैलन सक्ने बताउदै स्वास्थ्य परिक्षण सहितका आवश्यक सावधानी अपनाउनु पर्ने बताइएको छ ।

वैठकमा राष्ट्रिय सभा सदस्य विमला घिमिरे, प्रतिनिधी सभा सदस्यहरु बृजेश कुमार गुप्ता, अभिषेक प्रताप शाह, अतहर कमाल मुसलमान, प्रदेश सभा सदस्यहरु विष्णु पन्थी, अर्जुन केसी दीर्घनारायण पाण्डे, धर्म बहादुरलाल श्रीवास्तव, सहसराम यादव, सुष्मा यादव, माला गोतामे, फैजिया खातुन लगाएतले कपिलवस्तुमा हालसम्म कोरोना संक्रमण नदेखिएकाले त्रसित हुनु नपर्ने बताउदै सतर्कता अपनाएर आर्थिक गतिविधि बढाउन सकिने बताएका थिए । जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनलाई यथावत राख्दै महिला र अपाङ्गमैत्री बनाउन समेत सुझाव दिएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, व्यापार संघ तौलिहवाका अध्यक्ष गोपी कृष्ण शर्मा, निर्माण व्यवसायी दिनेश हमाल लगाएतले बिभिन्न सुझाव दिएका थिए ।


प्रकाशित : २०७७ बैशाख १६, मंगलवार १६:२९