अर्घाखाँचीमा जंगली च्याउ खाँदा १ जनाको मृत्यु, ३ जना गम्भिर बिरामी

लुदअ अर्घाखाँची, बैशाख २१
जंगली च्याउ खाएर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको भुमिकास्थान ६ खिल्जी निवासी ३२ वर्षिया रामकला महत्राको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।

घर नजिकै जंगलबाट ल्याएको च्याउ खांँदा अन्य एकै घरका ३ जना गम्भीर घाइते छन् । बिरामी हुनेमा मृतकको ७ वर्षिया छोरी बिपा महतरा, सासु आमा ६० वर्षिया लालसरी महतरा र २७ वर्षिया देउरानी लक्ष्मी महतरा रहेका छन् । उनीहरुको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ।

वैशाख १७ गते दिउंसो जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि स्वास्थ्यमा सामान्य समस्या आएपछि बैशाख १८ गते स्थानीय मेडिकलमा उपचार गरेका थिए।

पुनः १९ गते राति च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि उनीहरुलाई शनिबार बिहान सन्धिखर्क अस्पतालमा ल्याइएको थियो। त्यहाँ उपचार हुन नसकेपछि अस्पतालले थप उपचारका लागि बुटवल रिफर गरेको थियो।

मृतक रामकलाका ससुरा डोमबहादुरले च्याउ नखाएको पाइएको छ । जंगलको च्याउ नखान भन्दा परिवारले नमानी खाएपछि बिरामी परेको डोमबहादुरले बताए।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *