सरकारको नीति तथा कार्यक्रम जेठ २ गते

[sharethis-inline-buttons]

लुदअ काठमाडौं, वैशाख २५
सरकारको नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

समयभावका कारण यसपटक संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुनुअघि अर्थात् वैशाख २८ गतेदेखि ‘प्रि–बजेट’ छलफल हुने भएको छ । विगतमा नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल गर्ने परम्परा थियो ।

प्रतिनिधिसभामा तीन दिन र राष्ट्रियसभामा दुई दिन प्रि–बजेट छलफल गर्ने तयारी छ ।

यस्तै, सरकारले आर्थिक सर्वेक्षण जेठ १३ गते पेस गर्नेछ ।

संघीय संसदको बजेट अधिवेशनको लागि संघीय संसद सचिवालयले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर तयारी गरेको छ ।

संघीय संसदको बजेट अधिवेशन शुक्रबार अपराह्न ४ बजेदेखि सुरु हुँदैछ । हरेक वर्ष जेठ १५ गते आर्थिक वर्षको बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।


प्रकाशित : २०७७ बैशाख २५, बिहीबार १७:५०