अछाममा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ बैशाख २७, अछाम
अछाम जिल्लाको रामारोशन गाउँपालिका ६ भटाकाटीयाकी एक जना सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

सुत्केरी भएको २५ दिनपछि स्वास्थ्यमा समस्या देखिएपछि रामारोशन गाँउपालिका भाटाकाटियाकी २४ वर्षीया देउमा साउदको उद्धार गरिएको हो । वडाको भटाकाटिया स्वास्थ्य चौकीमा २५ दिन पहिले सुत्केरी हुनुभएकी साउदको पेट दुख्न थालेपछि उहाँई बयालपाटा अस्पताल ल्याइएको थियो ।

बयालपाटा अस्पतालमा जाँच गर्दा उहाँको पेटमा रगत जमेको देखिएपछि थप उपचारका लागि उहाँलाई हेलिकप्टरमार्फत कोहलपुर रेफर गरिएको न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचनले बताउनुभयो ।

२५ दिन पहिले सुत्केरी हुनुभएकी साउदलाई शनिबारमात्रै बयालपाटा अस्पताल ल्याइएको थियो । गाउँपालिकाका अध्यक्ष झकरबहादुर साउदको पहल तथा अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलेको समन्वयमा राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रम अर्न्तगत सुत्केरी महिलाको अछामबाट कोहलपुर हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ ।


प्रकाशित : २०७७ बैशाख २७, शनिबार १७:२१