Latest Posts

एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

काठमाडौं ,आश्विन १ नेकपा...

आजबाट देशका विभिन्न शहरहरुमा सरकारको सहुलियत पसल

काठमाडौं, आश्विन १ सरकारले...

लुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्दा, ४१ सरेर आएका

रुपन्देही ,आश्विन १  ...

रक्तदान कार्यक्रम सम्पन्न

तिलोत्तमा, असोज १ तिलोत्तमा...

Latest Posts

एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

काठमाडौं ,आश्विन १ नेकपा ९एकीकृत समाजवादी०का अध्यक्षमाधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । काठमाडौंको मिनभवनमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एकहप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् । सरकारमा जान आफुहरु आज भने आज भोलि भने भोलि तयार रहेको उनले बताए । म प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिदिन्थेँ, […]

Arv

l

भारतले मिचेको नेपालको जमिनबारे त्रिदेशीय छलफल गर्नुपर्ने नेकपा अध्यक्ष दाहालको भनाइ

लुदअ २८ बैशाख, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्घाटन गर्ने भारतीय कदम त्रिदेशीय मुद्दा भएकाले नेपाल, भारत र चीनबीच कुटनीतिक वार्ता गर्नुपर्ने बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अध्यक्ष दाहालले यो त्रिदेशीय समस्या भएकाले भारतसँग मात्रै नभइ चीनसँग पनि कुटनीतिक वार्ता गर्नुपर्ने बताएका हुन् ।

उनले नेपाली भूमिमा चीन र भारतको सहमतिबाट व्यापारिक उद्देश्यले सडक खुलाइएको बताए ।

अध्यक्ष दाहालले यो विषयका बारेमा आफूले प्रधानमन्त्री केपी ओलीलाई भेटी छलफल गरिसकेको र यसलाई गम्भीरताका साथ उठाउन पनि पहल गरिरहेको जानकारी दिए ।

यस्तै गृहमन्त्री रामबहादुर थापाले भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयलाई कूटनीतिक तहबाट समाधान गर्नुपर्ने बताए ।

गृहमन्त्री थापाले झण्डै ४ सय वर्ग किलोमिटर नेपाली भूमि भारतले अतिक्रमण गरेको भन्दै कूटनीतिक तहबाट यसको समाधान खोजिनुपर्ने बताए ।

मानसरोवर जाने सडकको विषयमा पनि सरकारले विरोध जनाइसकेको गृहमन्त्री थापाले जानकारी दिए ।

बैठकमा केही सदस्यहरुले सीमा विवादको विषय अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्ने बताएका थिए ।

उनीहरुले भारतले सडक निर्माण गरेर उद्घाटन गर्ने बेलामा मात्र सरकारले थाहा पाउनु दुखद भएको टिप्पणी गरे ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *