पर्साका ३९ जना कोरोना संक्रमित मध्ये ४ जना पत्रकार रहेको पुष्टि

ByLumbini Darpan Online

३० बैशाख २०७७, मंगलवार १०:१० ३० बैशाख २०७७, मंगलवार १०:१० ३० बैशाख २०७७, मंगलवार १०:१०

लुदअ वीरगञ्ज, ३० बैशाख
पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये ४ जना पत्रकार भएको पाइएको छ ।

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये ४ पत्रकार भएको पुष्टि गरेका छन् ।
वीरगञ्जमा पहिलो पटक ३१ चैतमा ३ जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *