
लुदअ ३ जेठ, जनकपुरधाम
शनिबार सिराहामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रदेश २ का सबै ८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
शनिबार सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका – १ का ३० वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश २ को पर्सा जिल्लामा कोरोना संक्रमणको अत्यधिक बिरामी छन्, त्यसबाहेक बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, महोत्तरी र सर्लाहीमा पनि कोरोना संक्रमित भेटिएका छन् ।
सिरहाका संक्रमित फागुन २८ गते मलेसियाबाट आएका थिए । उनको यसअघि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । मलेसियाबाट आएलगत्तै उनलाई रुघाखोकी र ज्वरो देखा परेपछि आइसोलेसनमा राखी पीसीआर परीक्षण समेत गरिएको प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाइँले बताए ।

