आज २७ औँ मदन आश्रित स्मृति दिवस

ByLumbini Darpan Online

३ जेष्ठ २०७७, शनिबार ०८:५४ ३ जेष्ठ २०७७, शनिबार ०८:५४ ३ जेष्ठ २०७७, शनिबार ०८:५४

लुदअ जेठ ३, काठमाण्डौ
सडक दुर्घटनामा परी निधन भएका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज नेपाल कम्युनिष्ट पार्टीले २७ औँ स्मृति दिवस मनाउँदै छ ।

तर, कोरोनाका कारण आज औपचारिक कार्यक्रम भने हुनेछैन । नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार्फत लोकतान्त्रिक मार्गमा लैजान मदन भण्डारीले महत्वपूर्ण भूमिका रहेको छ ।

मदन भण्डारी र जीवराज आश्रितलाई आदर्श नेताका रुपमा चिनिन्छ । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा उहाँहरुको निधन भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *