ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएका ५५ जनाको पहिचान खुल्यो, स्वाब संकलन सुरु

लुम्बिनी दर्पण २०७७ जेष्ठ ४, आईतवार ०७:३३
[sharethis-inline-buttons]

लुदअ ४ जेष्ठ, सिन्धुपाल्चोक
काभ्रेको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी एक महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएपछि जिल्लावासी त्रसित भएका छन् ।

थप जोखिम बढ्न नदिन मृतक महिलाको घर र माइती दुवै क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले सिल गरिसकेको छ ।

उनको सम्पर्कमा आएकाहरुको पहिचान गरि स्वाब नमुना संकलन गर्न सुरु गरिएको छ ।

मृतक महिलाको सम्पर्कमा आएका करिब ५५ जनाको पहिचान खुलेकाले उनीहरुको स्वाव संकलन गर्न थालिएको हो ।

सम्पर्कमा आएको अन्यको पनि खोजी भइरहेको छ । पहिलो चरणमा महिलाको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको परिक्षण गरिने छ भने भने त्यसपछि दोस्रो चरणका व्यक्तिहरुको परिक्षण गरिने स्वास्थ्य कार्यालय चौताराका प्रमुख दुर्गादत्त चापागाईंले बताए ।

स्थानीयमा त्रास

महिलाको मृत्यु भएपछि बाह्रबिसे बजारसहित स्थानियमा त्रास फैलिएको छ । पटक पटक फरकफरक गाडीमा बाह्रबिसे आएका कारण दोस्रो व्यक्तिबाट पनि संक्रमण फैलिएको हुनसक्ने डर स्थानीयमा छ ।

बाह्रबिसे बजारमा खाद्यान्न तथा तरकारी पसल बिहान ७ बजेदेखि १० बजेसम्म र हार्डवयेर पसल बेलुकी ४ देखि ६ बजेसम्म खुला रहने गरेकोले सो समयमा संक्रमण फैलिएको हुनसक्ने स्थानीयवासीमा त्रास छ ।

कस्तो छ घटना

ब‌ैशाख २३ गते काठमाडौं महाराजगन्ज स्थित टिचिङ अस्पतालमा छोराको जन्म दिएकी उनी २५ गते एम्बुलेन्स चढेर गृहनगर बाह्रबिसे आएकी थिइन् । उनी काठमाडौंदेखि भक्तपुर, काभ्रेपलान्चोक सहित सिन्धुपाल्चोक विभिन्न स्थानमा रहेका हेल्थ डेस्कहरुमा स्वास्थ्य परिक्षण गराउँदै बाह्रबिसे ९, राम्चेस्थित आफ्नो घरमा पुगेकी थिइन ।

विभिन्न नाकाहरुमा चेकजाँच गर्दै घर पुगेकी उनलाई एक्कासी श्वासप्रश्वास मा समस्या आएपछि जेठ १ गते प्राथमिक स्वास्थ केन्द्र बाह्रबिसेमा जाँच गराएकी थिइन । सोही दिन धुलिखेल अस्पतालमा उनको मृत्यु भएको थियो ।

उनी काठमाडौंबाट बाह्रबिसे रेडक्रसको एम्बुलेन्स मार्फत घर आएकी थिईन् भने एक पटक स्वास्थ्य जाँचकै लागि फरकफरक बोलेरो गाडीमा बाह्रबिसेको निजी मेडिकलमा उपचार गराएकी थिइन ।

जेठ १ गते पनि बोलेरोमै बाह्रबिसे आएकी उनी अबेर मात्र रेडक्रसको एम्बुलेन्समा धुलिखेल गएकी थिइन । धुलिखेल पुगेको करिब आधा घण्टामा उनको निधन भएको थियो ।

जेठ १ गते चौतारा टुंडिखेलमा जिल्लामा विपद् व्यवस्थापन समिति, रेडक्रस र नेपाली सेनाले सब‌ै एम्बुलेन्समा जिपिएस सिस्टम जडान गर्ने र कोरोना लागेमा एम्बुलेन्समा उद्दार गर्नेदेखि उपचार शव व्यवस्थापन गर्ने अवस्थासम्म हुने गतिविधि र सुरक्षाका उपायबारे बुझन् जिल्लाका सबै एम्बुलेन्सलाई चौतारा बोलाईएको थियो ।

सोही कारण एम्बुलेन्स नपाएर महिलालाई बेलैमा अस्पताल लान नसकिएको मृतकका श्रीमानले बताएका छन् । बाह्रबिसेमा एक्सरे गर्दा नै महिलाको फोक्सो एकदमै खराब अवस्थामा रहेको देखिएको र तुरुन्तै काठमाडौं वा धुलिखेलको लागि रिफर गरिएको थियो ।

तर एम्बुलेन्स नभएको कारण बेलुकी ७ बजे मात्रै बाह्रबिसेबाट एम्बुलेन्स चढेर ९ बजे मात्रै धुलिखेल पुगेका थिए र त्यहीँ उनको मृत्युु भएको थियो ।

तीनवटा वडा सिल

कोरोनाको कारण महिलाको मृत्यु भएपछि बाह्रविसे नगरपालिका ९ र बलेफि गाँउपालिका ७ र ८ सिल गरिएको छ ।

सो वडाहरुमा कसैलाई पनि आउन जान दिईएको छैन । स्थानीयलाई पनि घरबाट बाहिर निस्कन दिईएको छैन ।

त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे पनि सिल गरि आउन जान निषेध गएिको छ ।

अहिले सो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तैनाथ गरिएको छ । आवश्यक परे परिचालन गर्न सक्नेगरि नेपाली सेनालाई समेत तयारी अवस्थामा राखिएको छ ।


प्रकाशित : २०७७ जेष्ठ ४, आईतवार ०७:३३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech