वैदेशिक रोजगारमा गएकाहरूको सर्वेक्षण गर्दै प्रदेश ५ सरकार (विज्ञप्ति सहित)

[sharethis-inline-buttons]

लुदअ, जेठ ४
प्रदेश ५ को सरकारले आफ्नो प्रदेशमा स्थायी बसोबास गर्ने र अहिले रोजगारीको लागि विदेशमा रहेकाहरुको सर्वेक्षण गर्ने तयारी थालेको छ। प्रदेश योजना आयोगले प्रदेश ५ मा स्थायी ठेगाना भएका, हाल विदेशमा रहेका र गत जनवरी १ पछि नेपाल फर्केकाहरुको तथ्यांक संकलन गर्न लागेको हो। प्रदेश ५ को योजना आयोगले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रदेश ५ मा स्थायी बसोबास भई हाल विदेशमा रोजगारी, व्यापार तथा पेशागत आयआर्जनमुखी काम गरिरहेका र उक्त कामबाट सन् २०२० जनवरि १ पछि नेपाल फर्केका प्रदेशवासीलाई कोरोना भाइरसले पारेको असरलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको छ।’

सर्वेक्षण प्रदेश सूचना तथा संचार प्रविधि प्रतिष्ठानको सहयोगमा गर्न लागेको हो। यो तथ्यांक प्रदेशको नीति, कार्यक्रम, बजेट तथा योजना निर्माण प्रयोजनको लागि प्रयोग गरिने प्रदेश योजना आयोगले जनाएको छ।


प्रकाशित : २०७७ जेष्ठ ४, आईतवार ०९:५१