शितगंगा १३ खरको छानो मुक्त वडा बन्दै, ५६ घरधुरीलाई जस्ता पाता वितरण

[sharethis-inline-buttons]

हरि आचार्य अर्घाखाँची, जेठ ४

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नंं. १३ का ५६ घरधुरीलाई जस्ता पाता वितरण गरिएको छ । ५ नम्बर प्रदेश सरकार र नगरपालिको ५०/५० प्रतिशत बजेटमा वडाले सिफारिस गरेअनुसार ५६ घरधुरीलाई जस्तापाता वितरण गरिएको वडाअध्यक्ष दुर्गा बहादुर विसिले जानकारी दिएका छन् ।

प्रमुख अतिथि प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, विशिष्ट अतिथि नगर प्रमुख सुर्य अधिकारी, उपप्रमुख टिका रेश्मी, वडाअध्यक्ष विसि लगायतको टोलिले वडाका स्थानीयहरुलाई जस्ता पाता वितरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य घिमिरेले स्थानीयहरुको आवश्यकतालाई प्रदेश सरकारको सहयोगमा जस्ता वितरण गरिएको बताए ।

त्यस्तै वडा अध्यक्ष दुर्गा बहादुर विसिले यहि आर्थिक बर्ष २०७६/७७ भित्र खरको छानो मुक्त वडा घोषणा गर्ने आश्वासन वडावासीलाई दिएअनुरुप ५६ घरपरिवारलाई जस्तापाता वितरण गरिएको भन्दै यो आर्थिक बर्षमा वडालाई खरको छानो मुक्त वडा घोषणा गर्ने प्रतिवद्धता जनाए । उनले अहिले बाँकी रहेका वडावासीलाई अर्को चरणमा वितरण गरिने बताए । वडाअध्यक्ष विसिले वन जंगल क्षेत्र नजिक रहेकाले आगलागीको उच्च जोखिम रहेको समस्यालाई मध्यनजर गर्दै यो अभियान चलाएकाले वडावासीलाई अब सहज हुने विश्वास व्यक्त गरे ।

जस्ता पाता पाएसंगै वडावासीले घर छाउने दुःख र अगलागीको जोखिमबाट सुरक्षित हुने भन्दै खुसी व्यक्त गरेका थिए ।


प्रकाशित : २०७७ जेष्ठ ४, आईतवार ११:१७