आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ १४ चैत, काठमाडौं
गए राति आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुन सक्ने बताएको छ ।

विज्ञप्तिमा भनिएको छ साँझ करिब ८ बजे तिर नेपाली आकाशमा केही चम्किलो वस्तु सँगसँगै आवाज पनि सुनिएको भन्ने सूचना हाम्रो फेसबुक पेजमार्फत प्राप्त भएको छ । प्रारम्भिक सूचनाको अनुमान स्वरूप उक्त वस्तु उल्कापिण्ड हुन सक्ने आधार रहेको कुरा छ ।

उसले जहाँ ठूलो आवाज आयो त्यो पिण्ड त्यही खसेको हुनसक्ने हुँदा त्यस्तो भए सोसाइटीलाई खबर गर्न समेत अनुरोध गरेको छ ।

उक्त चम्किलो वस्तु ठूलो आवाजका साथ गण्डकी प्रदेशमा खसेको हुनसक्ने अनुमान छ ।

सोसाइटीका अनुसार उल्कापिण्ड खसेको ठाँउमा क्षति हुने र खसेको ठाउँमा ठूलो आवाज सुनिन्छ ।


प्रकाशित : २०७६ चैत्र १४, शुक्रबार ०५:४५