
लुदअ चैत १८, काठमाण्डौ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संकटको बेलामा भ्रष्टाचार गर्नेले उन्मुक्ति पाउन नहुने बताएको छ। कोरोना रोकथामका लागि चीनबाट ल्याएको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै विरोध भइरहेका बेला कांग्रेसले यस्तो बताएको हो। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जा ट्विटरमार्फत संकटको बेलामा सहयोग गर्नु सबै दलको दायित्व भएको बताएका छन्।
‘अख्तियारलाई स्मृति पत्र१ संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्वु, उनले लेखेका छन्, तर साथ दिइरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण। अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौं, तर संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न’ संकटको बेलामा सबै दलहरु एकजुट भएर सरकारलाई सहयोग गर्नुपर्ने उनले प्रस्टाएका छन् ।

