सरकार विरुद्ध प्रदर्शनका लागि कांग्रेस कपिलवस्तुको तयारी पुरा, ब्यापक सहभागीताका लागि आग्रह

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, २८ मंसिर
बर्तमान दुई तिहाई सरकारको बिरोधमा कपिलवस्तुको तौलिहवामा हुने बिरोध प्रर्दशनको सबै तयारी पुरा भएको कांग्रेस कपिलवस्तुले जनाएको छ । मंसिर २९ गते सदरमुकाम तौलिहवामा हुने बिरोध प्रर्दशनमा ब्यापक सहभागीताकालागि क्षेत्रीय समिति, नगर, वडा समितिहरुलाई जानकारी गराई सकिएको पार्टीले जनाएको छ । बिरोध पूर्दशनका लागि मंसिर २९ गते तौलिहवा स्थित बुद्धपदुम उमाबिको मैदानमा बिहान ११ बजे उपस्थित हुने आग्रह गरिएको छ ।

पार्टी सभापति सरेन्द्रराज आचार्यले सदरमुकाम तौहिलवा स्थित पार्टी कार्यालयमा भएको बैठकमा मंसिर २९ गते हुने बिरोध कार्यक्रमको सबै तयारी पुरा भएको बताए । उनले कायृक्रमको सफलताकालाग बिभिन्न समितिहरु निर्माण गरिएको बताए । उनले विरोध पर्दशनमा सहभागि हुन सबैलाई आग्रह गरेका छन । आचार्यले जन बिरोधी काम गरी अधिनायकबाद तर्फ उन्मुख भएको वर्तमान सरकारका विरुद्धमा खवरदारी गर्न विरोध कार्यक्रममा सहभागि हुन क्षेत्र नगर वार्डका सबै सदस्य तथा शुभेच्छुकलाई उनले आग्रह गरेका छन ।

सभापति आचार्यले मंसिर २९ गते हुने बिरोध प्रर्दशनलाई सफल बनाउन गाउ गाउबाट कांग्रेस कार्यकर्तालाई तौलिहवामा आउन आग्रह गरेका छन । जन बिरोधी काम गरेको वर्तमान दुइृ तिहाईको सरकार बिरुद्ध सशक्त प्रर्दशन गरिने उनले बताए । उनले वर्तमान सरकारलाई खवरदारीको विकल्प नभएको बताए । भष्टाचारले चुर्लुम्म डुवेको सरकारलाई ट्रयाकमा ल्यान पनि यो कार्यक्रममा ठुलो संख्यामा सहभागी हुुनु पर्ने बताए ।


प्रकाशित : २०७७ मंसिर २८, आईतवार १५:४६