प्रदेश १ का आर्थिक मन्त्री इन्द्र बहादुर आङ्बो बर्खास्त

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ पुस ११, काठमाण्डौ
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गर्नुभएको छ । मुख्यमन्त्री राईका कट्टर आलोचक भनेर चिनिएका इन्द्रबहादुर आङ्बोलाई राईले हटाउनुभएको हो ।

आफूलाई हटाउनको लागि हस्ताक्षर जुटाएको थाहा पाएपछि आङ्बोलाई बर्खास्त गरेको मुख्यमन्त्री राईले जानकारी दिनुभयो । ‘मेरोविरुद्ध हस्ताक्षर गर्दै हिँडेको थाहा पाएपछि बर्खास्त गरेको हो, मलाई हटाएर अर्को व्यक्तिलाई मुख्यमन्त्री बनाउने उहाँहरुको तयारी रहेछ ’ मुख्यमन्त्री राईले भन्नुभयो ।

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको असर प्रदेशसभामा देखिन थालेको छ । वाग्मती प्रदेशमा नेकपाको प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिसकेको छ । प्रदेश १ मा पनि मुख्यमन्त्री राईलाई हटाएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने प्रचण्ड नेपाल पक्षको तयारी रहेको छ ।


प्रकाशित : २०७७ पुष ११, शनिबार १६:०६