राहत पुगेन मजदुरलाई : पैसा र खानेकुरा सकियो, १० दिनसम्म पैदल हिंडेर घरतर्फ

ByLumbini Darpan Online

३० चैत्र २०७६, आईतवार ०८:४३ ३० चैत्र २०७६, आईतवार ०८:४३ ३० चैत्र २०७६, आईतवार ०८:४३

लुदअ ३० चैत, सिन्धुली 
सरकारले लकडाउनको घोषणा गरेसँगै असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरु अप्ठ्यारोमा परेका छन् ।

कोरोनाको त्रासका कारण विभिन्न ठाउँमा काम गर्ने मजदुरहरु पैदल घर फर्कन थालेका हुन् ।

भोकभोकै मर्ने चिन्ताले गण्डकी प्रदेशको बागलुङमा मजदुरी गर्न गएका भारतीय मजदुरहरु १० दिनसम्म निरन्तर हिडेर सप्तरी आइपुगेका छन् ।

सरकारले लकडाउनको समयावधि लम्ब्याएपछि ठेकेदारले पनि मजदुरी वापतको पैसा नदिई अलपत्र छाडेका कारण उनीहरुलाई हिँडेरै घर जानुपर्ने बाध्यता भएको हो ।

खाना अभाव भएपछि घरतर्फ लागेका गण्डकी प्रदेशको बागलुङमा मजदुरीको काम गर्दै आएका सात जना भारतीय मजदुरहरुले करिब ६ सय किलोमिटर हिडेरै पार गरेका छन् ।

सरकारले लकडाउनको समयावधि थप गरेसँगै ठेकेदारले पनि मजदुरी वापतको पैसा नदिई अलपत्र छाडेका कारण भारत विहारको सुपौल र अररिया जिल्लाका उनीहरु हिँडेरै घरतर्फ लागेका हुन् ।

भोकभोकै हिँडिरहेका उनीहरुसहित अन्य ४० जना यात्रुलाई रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवको सहयोगमा इलाका प्रहरी कार्यालय रुपनीका प्रहरी टोलीले खाजा तथा पानी खुवाएका छन् ।

यता, काठमाडौंमा ज्याला मजदुरी गरेर जिवन यापन गर्दै आएका कामदारहरु पैसा र खानेकुरा सकिएपछि बाध्य भएर पैदल यात्रा गर्दै सिन्धुली पुगेका छन् ।

काठमाडौंमा अलपत्र परेका विभिन्न जिल्लाका यात्रु पैदल हिँडेर सिराहा, उदयपुरलगायत तराईका विभिन्न गन्तव्यमा पुग्न थालेका हुन् ।

काठमाडौबाट झन्डै एक सय ६ किलोमिटर टाढा सिन्धुली हुँदै तराईतर्फ जाने दैनिक यात्रुले सिन्धुली पुग्दा धेरै हिँड्न नसक्ने अवस्थामा पुगेका हुन्छन् भने बालबालिका र वृद्ध उमेरकाहरु अझ अप्ठेरो स्थितिमा देखिन्छन्

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *