कैलालीमा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखियो

ByLumbini Darpan Online

१ बैशाख २०७७, सोमबार ०९:२६ १ बैशाख २०७७, सोमबार ०९:२६ १ बैशाख २०७७, सोमबार ०९:२६

लुदअ १ बैशाख, कैलाली
कैलालीमा थप एक महिला कोरोना संक्रमित भेटिएकी छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका १ भरुवाकी ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको र्‍यापिड टेष्टमा नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डा।प्रकाश तिमिल्सिनाले बताए ।

ती महिला परिवारसहित वीरगन्जबाट फर्किएको बुझिएको बताउँदै डा।तिमिल्सिनाले उनलाई एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाइएको बताए ।

कोरोना संक्रमित उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । उनी पहिलेदेखि नै दमको रोगी रहेकी थिइन् ।

ती महिलासंगै ५१ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।

यसअघि लम्की चुहानगरपालिका वडा नं। ९ स्थित सरस्वतीमाविमा रहेका २१ वर्षीय एक युवकमा समेत कोरोना पोजेटिभ देखिएको थियो ।

उनी भारतको मुम्बइबाट नेपाल आएका थिए । नेपालमा यसअघि १२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *