अर्घाखाँचीको शितगंगा ६ का आगलागी पिडितलाई राहत प्रदान

[sharethis-inline-buttons]

लुदअ अर्घाखााची, बैशाख ५
अर्घाखाँचीको शितगंगामा वडा नम्बर ६ का आगलागी पिडितलाई राहत प्रदान गरिएको छ । आगलागीबाट एक घर र गोठ जलेर नष्ट भएको थियो ।

आगलागी पिडितको घरमा नगर प्रमुख सुर्य प्रसाद अधिकारी तथा वडा अध्यक्ष ऋषि रेश्मीले अनुगमन गरि तत्कालका लागी १ क्विन्टल चामल, ३ किलो दाल, २ लिटर तेल तथा नुन राहत बितरण गरेका छन् । अगलागिबाट परि भैंसि गोरु र बाख्रा समेत जलेका छन ।


प्रकाशित : २०७७ बैशाख ४, बिहीबार ०५:३०