थप एक जनामा कोरोना सङ्क्रमण,संक्रमितको संख्या ३१ पुग्यो

[sharethis-inline-buttons]

काठमाण्डौ ( नेपालमा कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको छ ।

शुक्रबार उदयपुरमा सङ्क्रमण देखिएका १२ जनाको समूहकै व्यक्तिमा आज परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो
ती व्यक्ति ६५ वर्षीय पुरुष हुन् । मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले कोशी अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताउनुभयो । सङ्क्रमितमध्ये शनिबार दुई जना डिस्चार्ज भएका छन् भने यसअघि नै एक जना डिस्चार्ज भएका थिए ।


प्रकाशित : २०७७ बैशाख ६, शनिबार १६:३०