आजको मौसम : पहाडी तथा मध्य र पूर्वका केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्न सक्ने

[sharethis-inline-buttons]

लुदअ बैशाख १०, काठमाण्डौ
बुधबार पहाडी क्षेत्रका धेरै तथा मध्य र पूर्वी तराईका केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् ।

स्थानीयसँगै पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रका धेरै तथा मध्य र पूर्वी तराईका केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्न सक्ने मौसमविद्ले बताएका हुन् । यसकै प्रभावले अहिले मध्य र पूर्वी क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली भइ पश्चिमी क्षेत्रको मौसम आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसोपछि देशभर आंशिकदेखि सामान्य बदली भइ पहाडका धेरै तथा मध्य र पूर्वी तराईका थोरै ठाउँमा मेघगर्जन हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना छ ।


प्रकाशित : २०७७ बैशाख १०, बुधबार ०४:१०