कोरोनालाई जितेर सनसिटी अपार्टमेन्टका ८१ वर्षीया वृद्धा सहित २ जना घर फर्किए

ByLumbini Darpan Online

११ बैशाख २०७७, बिहीबार १०:५९ ११ बैशाख २०७७, बिहीबार १०:५९ ११ बैशाख २०७७, बिहीबार १०:५९

लुदअ वैशाख ११
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्ति डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

उनीहरु आमा छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।

Facebook Comments Box
One thought on “कोरोनालाई जितेर सनसिटी अपार्टमेन्टका ८१ वर्षीया वृद्धा सहित २ जना घर फर्किए”

Leave a Reply

Your email address will not be published. Required fields are marked *